settings icon
share icon
प्रश्न

भूत सिद्धको बारेमा ख्रीष्टियन दृष्टिकोण के छ?

उत्तर


बाइबलले धेरै दृढ़ता साथ प्रेतवाद, भूत जगाउने, जादू टोना गर्ने र भूतको साधना गर्नेहरुको निंदा गर्दछ (लैवी 20:27; व्यवस्था 18:10-13)। कुंडली मिलाउनु, ताशको पत्ताहरु देखि भविष्य पता लगाउनु, भाग्य बताउनेहरु, ज्योतिषको काम गर्नेहरु, र भूत साधना गर्नेहरु यसै श्रेणीमा आउछन। यो कार्य यस विचारधारा माथि आधारित गरिएको छ कि परमेश्वर, आत्माहरु वा मरेका प्यारा मानिसहरुको आत्माले परामर्श र मार्गदर्शन दिन सक्छ। यो "देवता" वा "आत्मा" दुष्ट आत्माहरु हो (2 कोरिन्थी 11:14-15)। बाइबलले हामीलाई विश्वास गर्न को लागि कुनै पनि यस्तो कारण दिदैं कि हामीले हाम्रो मरेका प्यारा जनहरुको साथ सम्बन्ध स्थापित गर्नु पर्छ। यदि उनीहरु विश्वासी हो, तब तिनीहरु प्रेम गर्ने परमेश्वरको साथ अकल्पनीय संगतिमा सबै भन्दा सुन्दर स्थान स्वर्गमा आनन्द ली रहेका छन्। यदि उनीहरु विश्वासी होइनन भने, तब तिनीहरु नरकमा, परमेश्वरको प्रेमलाई इन्कार गर्न र उहाँको विरूद्ध विद्रोह गर्नको कारण न-समाप्त हुने पीड़ा ले दुख उठाइ रहेका छन्।

त्यसैले, यदि हामीलाई प्रेम गनेहरुले हामीसँग सम्पर्क गर्न सक्दैनन, तब कसरी झाँक्री, भगत र भूतको साधना गर्नेहरु यस्तो सटीक सूचनालाई कसरी प्राप्त गर्न सक्छन? भूतको साधना गर्नेहरुको धेरै घटनाहरुमा धोखाधड़ी पाएका छन। यो प्रमाणित भएको छ कि भूतको साधना गरेहरु साधारण साधनाहरुद्वारा असीमित मात्रामा धेरै सूचनाहरुलाई एकत्र गर्न सक्छन। धेरै पटक एउटा टेलीफोन नम्बरको उपयोग कॉलर आई डी लगाएर र इंटरनेटको खोजि द्वारा, एउटा भूत सिद्धी गर्ने नामहरु, ठेगाना र जन्म तिथिहरु, विवाह तिथिहरु, परिवारको सदस्यहरु आदिको जानकारी प्राप्त गर्न सक्छन। तर फेरी पनि, यसलाई अस्वीकार गर्न सकिदैन कि भूत सिद्धी गर्नेहरु धेरै पटक त्यो कुराहरुलाई जान्दछन्, जसलाई जान्न उनीहरुको लागि असंभव हुन सक्छ। उनीहरुले यी सूचनाहरुलाई कहाँबाट प्राप्त गर्दछन? यसको उत्तर शैतान र त्यसको दुष्ट आत्माहरु हुन। "त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्" (2 कोरिन्थी 11:14-15)। प्रेरित 16:16-18 मा एउटा भविष्य बताउने विवरण पाइन्छ जो मानिसहरुको भविष्यलाई बताउनमा सक्षम थिए जब सम्म प्रेरित पावलले उनीबाट दुष्ट आत्मालाई बाहिर जाने आज्ञा दिएनन।

शैतान दयालु र सहायता गर्नेलाई बहाना गर्दछ। त्यसले यस्तो केहि राम्रो रुपमा स्वयंलाई प्रकट गर्छ। शैतान र त्यसको दुष्टात्माहरु एउटा व्यक्तिको बारेमा भूत साधना सम्बन्धित जानकारी दिनेछ जसबाट एउटा व्यक्ति भूत सिद्धीको कार्यमा फासी रहन्छ, जे पनि यस्ता कुराहरु छन जसलाई परमेश्वरले इन्कार गर्नुहुन्छ। आरम्भमा यो कुनै गलती बिना देखिन्छ, तर शीघ्र नै मानिस भूत साधनाको कार्यले स्वयंलाई आदी पाउदछन् र न चाहेर पनि शैतानलाई स्वयंको नियंत्रणलाई दिद्छन र आफ्नो जीवनहरुलाई नाश गर्छन। पत्रुसले घोषणा गरे कि, "स्वयंलाई नियन्त्रण गर अनि सावधान बस; शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ" (1 पत्रुस 5:8)। केहि घटनाहरुमा, भूत सिद्धी गर्नेहरु स्वयंले धोखा पाउदछन्, यस कुरालाई न जानी कि जुन सूचनालाई उनीहरुले प्राप्त गरे त्यसको साँचो स्त्रोत कुन हो। चाहे केहि पनि किन नहोस् र चाहे सूचनाको कुनै पनि स्त्रोत किन नहोस्, यस्तो केहि पनि जे भूतहरु, जादू टोना वा ज्योतिष विज्ञान सम्बन्धित छैन त्यही सूचनाहरुलाई प्राप्त गर्ने भक्तिमय् तरिकाहरु हुन। कसरी परमेश्वरले चाहनुहुन्छ कि हामी उहाँको इच्छालाई हाम्रो जीवनहरुको लागि बुझौँ। परमेश्वरको योजना सरल छ, ता पनि सामार्थ्यशाली र प्रभावशाली छ: बाइबलको अध्ययन गरौँ (2 तिमोथी 3:16-17) र बुद्धिको लागि प्रार्थना गरौँ (याकूब 1:5)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

भूत सिद्धको बारेमा ख्रीष्टियन दृष्टिकोण के छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries