settings icon
share icon
प्रश्न

अन्तको समय अर्थात् युगान्तको विषयको अतीतवादी दृष्टिकोण के हो?

उत्तर


अतीतवादको अनुसार, बाइबलको सबै भविष्यद्वाणी वास्तविक इतिहास हो। पवित्र शास्त्रको अतीतवादी व्याख्या प्रकाशको पुस्तकलाई एउटा पहिलो-युगको संघर्षहरुको एउटा प्रतीकात्मक चित्रको रूपमा मानिन्छ, न कि त्यस विवरणको रूपमा जो कि अन्तको समय सम्म प्रगट हुनेछ। शब्द अतीतवाद लैटिन शब्द प्राईटर बाट आएको हो, जसको अर्थ "अतीत" वा बीतेर गएको समय। यस कारण, अतीतवाद एउटा यस्तो दृष्टिकोण हो जसको अनुसार "अन्तको समय" लाई सम्बन्धित बाइबल आधारित भविष्यद्वाणीहरु पहिले नै पूरा भइ सकेको छ– अर्थात् अतीतमा। अतीतवाद प्रत्यक्ष रूपले भविष्यवादको विपरीत छ, जो अन्त-को-समयको भविष्यद्वाणिहरुलाई यसरी हेर्छ जुन अहिले-भविष्यमा पुरा हुनलाई बाकी नै छ।

अतीतवाद दुई प्रकारहरुमा विभाजित गरिएको छ: पूर्ण (वा निरन्तर) अतीतवाद र आंशिक अतीतवाद। यो लेख पूर्ण अतीतवाद (वा जस्तै यस कुरा उच्च-अतीतवाद) को विचार-विमर्श सम्म नै सीमित रहनेछ।

अतीतवाद प्रकाशको पुस्तकको भविष्यको भविष्यद्वाणीको गुणवत्तालाई अस्वीकार गरिदिन्छ। अतीतवादी अन्दोलनले अनिवार्य रूपमा यो शिक्षा दिन्छ कि नयाँ नियमको सबै अन्त-समयको भविष्यद्वाणिहरु 70 ई. स. मा पुरा भईसकेको थियो जब रोमीले यरूशलेममा आक्रमण गरेका थिए र यसलाई नाश गरि दिए। अतीतवादीले यो शिक्षा दिन्छ कि प्रत्येक घटना सामान्य रूपले अन्तको समयको साथ सम्बन्धित छ– ख्रीष्टको द्रोस्रो आगमन, महासंकष्ट, मृतकहरुको बौरी उठ्नु, अन्तिम न्याय–सबै कुरा पहिलैबाट घटित भएको थियो। (अन्तिम न्यायको सम्बन्धमा, यो पुरा हुने प्रक्रियामा छ)। येशूको पृथ्वीमा फर्की आउनु एउटा "आत्मिक" फर्की आउने हुनेछ, न कि शरीरिक फ्रिती।

अतीतवादले यो शिक्षा दिन्छ कि व्यवस्था ई.स. 70 मा पूरा भएको थियो र परमेश्वरको इस्राएलको साथ वाचा समाप्त भएको थियो। प्रकाश 21:1 मा भनिएको छ "नयाँ आकाश र नयाँ पृथ्वी," अतीतवादिहरुको लागि, नयाँ वाचाको अधीन संसारको विवरण हो। ठीक त्यसै गरि नै जसरी ख्रीष्टियनहरुको "नयाँ सृष्टि" (2 कोरिन्थी 5:17) बनाइएको हो, ठीक त्यसै गरी नयाँ वाचामा संसार "नयाँ पृथ्वी" को अधीन हो। अतीतवादको यो पक्ष सजिलैसँग प्रतिस्थापन धर्मविज्ञानको तर्फ मार्गदर्शन गर्न सक्छ।

अतीतवादी आफ्नो तर्कहरुलाई समर्थन गर्दै येशूको जैतून पहाड़मा दिएको उपदेशको संदर्भको तर्फ संकेत गर्दछ। येशू द्वारा अन्तिम समयहरुमा केहि घटनाहरुको विवरणहरुलाई दिए पछि, उहाँले भन्नु भयो, "म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्" (मत्ती 24:34)। अतीतवादी यसको यो अर्थ लगाउद् छन कि त्यो सबै जे येशूले मत्ती 24 मा भन्नुभयो त्यो एउटै पीढ़ीमा उहाँले भने अनुसार घटित भएको थियो– अर्थात् ई स 70 मा यरूशलेमको नाश यस कारण "न्यायको दिन" थियो।

अतीतवादको साथमा धेरै समस्याहरु छन्। किनभने एउटा कुरा, परमेश्वरको इस्राएलको साथ वाचा सदैव गर्नु भएको छ (यर्मिया31:33-36),र इस्राएलको भविष्यमा पुर्नस्थापना गरिनेछ (यशैया 11:12)। प्रेरितले त्यी मानिसहरुको विरूद्ध चेतावनी दिएका छन् जो, हुमिनयुस र फिलेतुसको जस्तै, झूटो शिक्षा दिन्छन, "तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतिले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।" (2 तिमोथी 2:17-18)। र येशू द्वारा "यस पीढ़ी" को उल्लेखलाई त्यस पीढ़ीको अर्थमा लिनु पर्छ जुन मत्ती 23 मा वर्णित घटनाहरुको आरम्भलाई हेर्नको लागि जीवित छन्।

मण्डलीय धर्मविज्ञान एउटा जटिल विषय हो, र बाइबलको प्रकाशनात्मक वा रहस्योद्घाटन चित्र धेरै भविष्यद्वाणिहरुसँग सम्बन्धित हुन्छ जसले अन्त-को-समयको घटनाहरुको विभिन्न किसिमको व्यखायाहरुको तर्फ नेतृत्व दिन्छ। ख्रीष्टियनहरु मध्य यी कुराहरुको लागि केहि मतभेद पाईन्छ। तर फेरी पनि, पूर्ण अतीतवादको केहि गंभीर गलतिहरु छन् जिसमा यो ख्रीष्टको द्रोस्रो आगमनको भौतिक वास्तविकतालाई इन्कार गर्छ र महासंकष्टको भयानक प्रकृतिको घटनालाई यरूशलेमको नाशको घटनामा सीमित गर्दै तल्लो देखाउछन्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अन्तको समय अर्थात् युगान्तको विषयको अतीतवादी दृष्टिकोण के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries