settings icon
share icon
प्रश्न

ख्रीष्टको न्याय आसन के हो?

उत्तर


रोमी 14:10-12 ले भन्छ, "किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खडा हुनेछौं... त्यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।" 2 कोरिन्थी 5:10 ले हामीलाई भन्छ कि, "किनकी हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खडा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफुले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।" यस संदर्भमा, यो स्पष्ट छ कि पवित्र धर्मशास्त्रले दुबै अर्थात् विश्वासीहरू र अविश्वासीहरुको तर्फ संकेत गर्दै छ। यस प्रकारले, ख्रीष्टको न्याय-आसनमा, विश्वासीहरूलाई ख्रीष्टमा आफ्नो व्यतीत गरिएको जीवनहरुको लेखा दिनुसँग सम्मिलित छ। ख्रीष्टको न्याय-आसनले उद्धारलाई निर्धारित गर्दैन; जो कि हाम्रो बदलीमा ख्रीष्टको बलिदान (1 यूहन्ना 2:2) र हामीद्वारा उहाँमा विश्वास (यूहन्ना 3:16) को समयमा नै निर्धारित गरि दिएको थियो। हाम्रो सबै पाप क्षमा गरि दिनुभएको छ, र अब हामी फेरि कहिल्यै पनि उहाँको लागि दोषी ठहरिने छैनौँ (रोमी 8:1)। हामी ख्रीष्टको न्याय-आसनलाई हाम्रो पापहरुको न्याय गर्नु को लागि होइन, तर त्यसको अपेक्षा हाम्रो जीवनहरुको लागि परमेश्वरद्वारा प्रतिफल पाउने रूपमा हेर्नु पर्दछ। हो, जसरी बाइबलले भन्दछ कि, हामीले हाम्रो बारेमा लेखा दिनुपर्छ। यसको एउटा भाग निश्चित रूपमा हामीद्वारा गरिएको पापहरुको उत्तर दिनु पर्दछ। जब कि, केवल यही कुरा ख्रीष्टको न्याय-आसनको प्राथमिक ध्यान केंद्रित हुनेछैन।

ख्रीष्टको न्याय-आसनमा, विश्वासीहरुको त्यस कुराको माथि प्रतिफल पाउनेछन् कि उनीहरुले कति विश्वासयोग्यताको साथमा ख्रीष्टको सेवकाई गरे (1 कोरिन्थी 9:4-27; 2 तिमोथी 2:5)। संभवत: केहि कुरा जसको माथि हाम्रो न्यायले यो निर्धारित गरि गरिने छ कि हामीले कति राम्रोसँग महान् आज्ञाको पालना गरेका छौँ (मत्ती 28:18-20), हामीले कति धेरै विजयी जीवन पापको माथि व्यतीत गरेको छौँ (रोमी 6:1-4), र कति राम्रोसँग हामीले आपनो जिब्रोलाई नियन्त्रित गरेका छौँ (याकूब 3:1-9)। बाइबल विश्वासीहरुको लागि विभिन्न कुराहरुको लागि विभिन्न मुकुटहरुलाई प्राप्त गर्ने 2 तिमोथी 2:5, 2 तिमोथी 4:8, याकूब 1:12, 1 पत्रुस 5:4, र प्रकाश 2:10 मा विवरण दिदछ। याकूब 1:12 मा यस कुराको राम्रो सार छ कि हामीलाई कसरी ख्रीष्टको न्याय-आसनको बारेमा सोच्नु पर्दछ: "त्यो मानिस धन्यको हो, जो आपत: - विपत: मा स्थिर रहन्छ, किनकी जाँचको सामना गरि सके पछि त्यसले जीवनको त्यो मुकुट पाउने छ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुलाई दिने प्रतिज्ञा गर्नुभएको छ।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टको न्याय आसन के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries