settings icon
share icon
प्रश्न

के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो?

उत्तर


बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन। उदाहरणको लगी यूहन्ना १०:३० “मा येशूका यी शब्दहरु, पिता र म एक हौं।” हामीले यहूदीहरुको प्रतिक्रिया हेर्न आवश्यक थियो जब येशूले यो दाबी गर्नु भयो कि ऊहाँ नै परमेश्वर हो। ऊनीहरुले यस कारणको लागि ऊहाँलाई यो भन्दै ढुंगा हान्ने कोसिस गरे कि “...तिमी, मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौँ”( यूहन्ना १०:३३)। यहूदीहरुले यो स्पष्ट बुझे कि येशूले के घोषणा गर्नु भयो— उहाँको ईश्वरत्व। याद गर्नुहोस येशूले आफू परमेश्वर भएको दाबी आस्विकार गर्नु भएन। जब येशूले यो घोषणा गर्नुभो, “पिता र म एक हौँ” (यूहन्ना १०:३०), यहाँ ऊहाँले यो भन्न खोज्दै हुनुहुन्छ कि ऊहाँ र पिता एउटै स्वभाव र आत्माको हुनुहुन्छ। यूहन्ना ८:५८ आर्को उदाहरण हो। “येशूले भनुभयो, साँच्चै म तिमीहरुलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै, म छँदैछु!” जुन यहूदीहरुले यो कथन सुने ऊनीहरुको प्रतिक्रिया ऊहाँलाई इश्वरनिन्दाको कारण ढुंगा हानी मर्ने थियो, जुन मोशाको व्यवस्थामा जसरी ऊनले आदेश गरेका थिए (व्यवस्था २४:१५)।

यूहन्ना येशूको ईश्वरत्वको अवधारणालाई दोराउद्छ: “परमेश्वर वचन हुनुहुन्थ्यो” र “वचन दहधरी हुनुभयो” (यूहन्ना १:१,१४)। यी पदहरु स्पष्ट संकेत गर्छ कि येशू नै देहधारी परमेश्वर हुनुहुन्छ। प्रेरित २०:२८ ले हामीलाई भन्दछ, “परमेश्वरको मण्डलीको गोठला हाओ, जुन मण्डलीलाई उहाँले आफ्नै रगतले किन्नुभयो।” जसले मण्डली किन्नुभयो—परमेश्वरको मण्डली—उहाँको आफ्नै रगतले? अर्थात् येशू ख्रीष्टले। प्रेरित २०:२८ ले घोषणा गर्छ कि परमेश्वरले आफ्नै रगतले मण्डली किन्नुभयो। त्यसकारण, येशू नै परमेश्वर हो।

थोमा जो येशूका चेला हुन् उनले येशूलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर” (यूहन्ना २०:२८)। येशूले उनलाई सुधार्नु भएन। तितस २:१३ ले हामीलाई यो उत्सहा दिन्छ कि हाम्रो आउने वाला परमेश्वर र मुक्तिदाता, येशू खिष्टको लागि हामी प्रतिक्षा गरौं (हर्नुहोस २ पत्रुस १:१)। हिब्रू १:८ मा, पिताले येशूको बारेमा घोषणा गर्नुहुन्छ, “तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, ‘हे परमेश्वर, तपाईको सिंहासन सदार्सवदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईका राज्यको राजदण्ड हो।’” पिताले येशूलाई ‘हे परमेश्वर’ भनेर उल्लेख गर्नु भएको छ जसकारण येशू नै निश्चित परमेश्वर हुनुहुन्छ।

प्रकाशको पुस्तकमा, एउटा स्वर्गदूतले प्रेरित यूहन्नालाई परमेश्वरलाई आराधना गर भनि आज्ञा दियो (प्रकाश १९:१०)। धर्मशास्त्रमा धेरै पटक येशूले आराधना पाउनु भएको छ (मत्ती २:११, १४:३३, २८:९, १७; लुका २४:५२; यूहन्ना ९:३८)। उहाँलाई आराधना गर्न मानिसहरुलाई उहाँले कहिले हप्काउनु भएन। यदि येशू परमेश्वर हुनुहुन्नथ्यो भने, उहाँले मानिसहरुलाई उहाँको आराधना नगर्न भन्नु हुने थियो, जसरी प्रकाशको पुस्तकमा स्वर्गदूतले भन्यो। धर्मशास्त्रका धेरै पदहरु र खण्डहरुले येशूको ईश्वरत्व कुरा गर्दछ।

सबैभन्दा महत्वपूर्ण कारण यो छ कि येशू परमेश्वर हुनुहुन्छ, यदि उहाँ परमेश्वर नभएको भए, उहाँको मृत्युले सारा संसारका पापका निम्ति जाला तिर्न पर्याप्त हुने थिएन (१ यूहन्ना २:२)। यदि उहाँ परमेश्वर नभएको भए, मात्र एक मानव सृष्टि भएको भए, ऊहाँले असिमित परमेश्वरको सामु अनन्त दण्डको मूल्य चुकाउन सक्नुहुने थिएन। मात्र परमेश्वरले असिमित मूल्य चुकाउन सक्नुहुन थियो। मात्र परमेश्वरले संसारको पापहरु लिन सक्नुहुन थियो (२ कोरिन्थी ५:२१), मर्नुभयो र बौरी उठ्नुभयो, पाप र मृत्यु माथि उहाँले विजय प्रमाणित गर्नुभयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries