settings icon
share icon
प्रश्न

के सामूहिक प्रार्थना महत्वपूर्ण छ?

उत्तर


सामूहिक प्रार्थना मण्डलीको जीवनमा अराधना, शान्त शुद्ध धर्मसिद्धान्तहरु, सहभागिता र संगतिको साथ एक महत्वपूर्ण हिस्सा हो। आरम्भिक मण्डलीमा नियमित रूपमा प्रेरितको साथ रोटी तोड़नु, शिक्षा पाउनु र एकसाथ प्रार्थना गर्नुको लागि एक साथ भेटघाट गर्थे (प्रेरित2:42)। जब हामी एकसाथ अन्य विश्वासिहरुको साथमा प्रार्थना गर्छौ तब यसको प्रभाव अझै धेरै सकारात्मक हुन सक्छ। सामूहिक प्रार्थनाले हामीलाई आत्मिक रूपमा उत्साहित गर्छ र एकतामा ल्याउद छ जब हामी हाम्रो सामान्य विश्वासलाई एक अर्कोसँग सांझा गर्छौ। त्यही पवित्र आत्मा जो प्रत्येक विश्वासीको भित्र वास गर्नु हुन्छ हाम्रो हृदयको लागि हर्षको कारण बन्छ जब हामी हाम्रो प्रभु र उद्धारकर्ताको स्तुतिलाई सुनौउद छौ, तब यसले हामीलाई यस्तो अनौठो संगतिको बन्धनमा एकजुट गरि दिन्छ जुन जीवनमा कहिले पनि भेटेको छैनन।

जुन मानिसहरु एक्लै छन र जीवनको बोझको साथ संघर्ष गर्छन उनीहरु यो सुनाउ छन कि अन्यहरुले उनीहरुलाई अनुग्रहको सिंहासनको अघि प्रार्थनामा उठाउनको लागि एउटा ठुलो प्रोत्साहनको बन्न सक्छन। साथै यसले हामीलाई अन्यको लागि प्रेम र चिन्ताको निर्माणको कारण बनाउद छ जब हामी उनीहरुको लागि प्रार्थना गर्छौ। ठीक यही समय, सामूहिक केवल त्यी मानिसको हृदयको प्रतिबिम्बलाई प्रकट गराउछ जसले यसमा भाग लिन्छ। हामी परमेश्वरको अघि नम्रता (याकूब 4:10), सत्यता (भजन संग्रह 145:18), आज्ञाकारिता (1 यूहन्ना 3:21-22), धन्यवाद (फिलिप्पी 4:6) र विश्वास (हिब्रू 4:16) को साथमा आउन जरुरी छ। दुखको कुरा यो हो की, सामूहिक प्रार्थना त्यी मानिसको लागि एउटा मंच बन्न सक्छ जसको शब्द परमेश्वरको तर्फ होइन तर उनीहरुलाई सुन्नेको तर्फ हुन्छ। येशुले मत्ती 6:5-8 मा यस्तो व्यवहार प्रति चेताउनि दिनु भएको छ जहाँ निर उहाँले हामीलाई प्रार्थनाको दिखावटी, लामो, वा पाखंडले भरीएको हुनु हुदैन, तर प्रार्थना गुप्त रूपमा आफ्नो कोठामा गई गर्नु पर्छ ता कि ढोगले भरीएको प्रार्थनाको उपयोगको परीक्षाबाट बाच्न सकुन।

यहाँ सुसमाचारमा यस्तो केहि पनि सुझाव दिएको छैन कि सामूहिक प्रार्थना परमेश्वरको हाथको कार्यको लागि एउटा एक्लो व्यक्तिको प्रार्थनाको तुलनामा "अधिक प्रभावशाली" छ। अधिकांश मसीह विश्वासी प्रार्थनालाई "परमेश्वरसँग वस्तुहरुको" प्राप्त गर्नु जस्तै मान्छन र सामूहिक प्रार्थना एउटा यस्तो अवसर बन्छ कि जहाँ केवल हाम्रो आवश्यकताहरुको सूचीलाई नै दोहराउछ। तर, बाइबल आधरित प्रार्थना, बहु-आयामी, पूर्ण इच्छाको साथमा हाम्रो पवित्र, पूर्ण र धर्मी परमेश्वरमा जागरूकता र अंतरंगमा सहभागितामा प्रवेश गर्नु हो। जसले की परमेश्वर उहाँको सृष्टिको तर्फ उहाँद्वारा प्रसस्त मात्रामा स्तुति र प्रशंसाको तर्फ कानहरुलाई लगाई(भजन संग्रह 27:4; 63:1-8), हृदयबाट महसुस गरिने पश्चाताप र अंगीकारलाई उत्पन्न गरि (भजन संग्रह 51; लूका 18:9-14), आभार र धन्यवादको भरपूरीलाई उत्पन्न गरि (फिलिप्पी 4:6; कलस्सी 1:12), र अन्यको लागि निवेदनले भरिएको गंभीर प्रार्थनालाई उत्पन्न गरि (2 थिस्सलोनिकी 1:11, 2:16)।

तब, प्रार्थना, परमेश्वरको योजनालाई पूरा गर्नको लागि सहयोग गर्नु हो, न कि हाम्रो इच्छालाई पूरा गर्ने प्रयास गर्नु हो। जब हामी हाम्रो इच्छाहरुलाई उहाँका अधीनमा गरिदिन्छौ जो हाम्रो परिस्थितिहरुलाई हाम्रो जानकारी भन्दा धेरै जान्नु हुन्छ र उहाँ "तिमीहरुले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरुलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरुका पिता जान्नुहुन्छ" (मत्ती 6:8), हाम्रो प्रार्थना आफ्नो उच्चतम स्तर सम्म पुग्नु पर्छ। त्यसैले, ईश्वरीय इच्छाको प्रति अधीनतामा गरिएको प्रार्थना, सदैव सकरात्मक उत्तरलाई ल्याउछ, चाहे त्यो एक व्यक्ति वा फेरी एक हजार मनिसद्वारा किन नगरिएको होस्।

परमेश्वरको हाथलाई अधिक तेजीसँग कार्य गर्नको लागि सामूहिक प्रार्थनाहरुको विचार अधिकत्तर मत्ती 18:19-20 को गलत व्याख्याबाट आएको हो, "फेरि म तिमीहरुलाई भन्दछु, पृथ्वीमा तिमीहरुमध्ये दुइ जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरुका निम्ति हुनेछ, किनकि जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरुका माझमा हुनेछु" (मत्ती 18:19-20)। यो वचन विस्तृत संदर्भमा आएको छ जहाँ निर एउटा पाप गर्दे विश्वासीको लागि मण्डलीको अनुशासनलाई पालन गरिने प्रक्रियालाई सम्बोधित गरिएको छ। यसको व्याख्या एक विश्वासीको लागि बैंकको एउटा खाली चैकलाई दिनु जस्तो हो जसमा त्यसले कुनै पनि कुराको लागि परमेश्वरसँग प्रार्थना गर्नको लागि सहमत हुन्छन, यो कुराले कुनै अर्थ राख्दैन कि ऊ कति पापी वा मूर्ख नै किन नहोस्, न केवल मण्डलीको अनुशासनको संदर्भमा सही हुदैन, तर बाँकीको पवित्र शास्त्र, विशेष गरी परमेश्वरको प्रभुसत्तालाई पनि इन्कार गर्दछ।

यसको अतिरिक्तमा, यो विश्वास गर्नु की, "जब दुई वा तीन" प्रार्थना गर्नको लागि एकजुट हुन्छन, तब कुनै पनि किसिमको सामर्थ आफैमा हाम्रो प्रार्थनामा शक्ति दिनुमा लागु हुन्छ, बाइबल सम्मत छैन। यसमा कुनै सन्देह छैन कि जब दुइ वा तीन मानिस प्रार्थना गर्छौ तब येशू वहाँ विद्यमान हुन्छन, तर उहाँ तेति नै यस समय विद्यमान हुनुहुन्छ जब एउटा विश्वासी एक्लै प्रार्थना गर्छन,चाहे त्यो व्यक्ति अन्य मनिसबाट हजारौ मील टाढा किन नहोस। सामूहिक प्रार्थना महत्वपूर्ण छ किनकी यसले एकतालाई उत्पन्न गर्छ (यूहन्ना 17:22-23), र विश्वासिहरुमा एक अर्कोलाई उत्साहित (1 थिस्सलोनिकी 5:11) र एक अर्कोलाई प्रेम र असल कार्यहरुको लागि प्रेरित (हिब्रू10:24) गर्नको लागि एउटा मुख्य पक्ष हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के सामूहिक प्रार्थना महत्वपूर्ण छ? के सामूहिक प्रार्थना एउटा एक्लै व्यक्तिद्वारा गरिएको प्रार्थनाको अपेक्षा अधिक शक्तिशाली हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries