settings icon
share icon
प्रश्न

असल माता-पिता हुनको बारेमा बाइबलले के भन्छ?

उत्तर


बच्चाको पालन-पोषण गर्न कठिन र चुनौती भरिएको कार्य हुन सक्छ, तर त्यही समय यो एउटा अधिक पुरस्कार दिने र कुनै पनि कार्यलाई अधिक भरपूरी दिने खालको हुन सक्छ। बाइबलसँग यस विषयको माथि भन्नुको लागि धेरै नै छ कि कसरी हामी सफलतापूर्वक आफ्नो बच्चालाई परमेश्वरको पुरूषहरु र स्त्रीहरु हुनको रूपमा पालन पोषण गर्न सक्छन। पहिलो कुरा जुन हामीले गर्नु पर्ने हो त्यो यो हो कि परमेश्वरको सत्यताको बारे शिक्षा दिनु हो।

प्रेमले भरिएको परमेश्वरको साथ र धर्मी जीवन यापन गर्न द्वारा स्वयंलाई उहाँको आदशहरुको प्रति समर्पित गर्दै, हामीले हाम्रो बच्चाको सम्बन्धमा ठीक त्यस्तै नै गर्नको लागि व्यवस्था 6:7-9 को आदेश प्रति ध्यान दिन आवश्यकता छ। यो संदर्भले यस प्रकारको निर्देशको माथि हिड्ने स्वभावमा जोड दिन्छ। यसलाई हर समय– घरमा, सड़कमा, रातमा र बिहान समय गर्न पर्छ। बाइबलको सत्यता हाम्रो घरहरुको जग हुनु पर्छ। यिनी आदेशहरुको सिद्धान्तहरुको अनुसरण गर्दै, हामीलाई आफ्नो बच्चालाई शिक्षा दिन्छौ कि परमेश्वरको अराधना निरन्तर हुनु पर्छ, केवल आइतबारको बिहानीमा वा रातको प्रार्थनामा मात्र सीमित हुनु हुदैन।

जब कि हाम्रो बच्चा सीधा शिक्षा द्वारा धेरै कुरा सिक्छन, उनीहरु हामीलाई देखेर धेरै कुराहरु सिक्छन। त्यसैले नै हामीलाई हेरेक कार्य गर्नुको लागि सावधान रहनु पर्छ। हामीलाई सबै भन्दा पहिले परमेश्वर-द्वारा दिएको भूमिकाहरुको बारेमा जानकारी हुनु पर्छ। पति र पत्नीमा परस्पर सम्मान हुनु पर्छ र उनीहरुलाई एक अर्कोको अधीनमा हुनु पर्छ (एफिसी 5:21)। ठीक त्यसै समय, परमेश्वरको आदेशको क्रमलाई बनाई राख्नको लागि अधिकार क्रमलाई स्थापित गरिएको हो। "म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।" (1 कोरिन्थी 11:3)। हामी जान्दछौ कि ख्रीष्ट परमेश्वर भन्दा कम हुनुहुन्न, ठीक त्यसै नै गरी पत्नी पति भन्दा कम होइन। परमेश्वरले यसलाई स्वीकार गर्नुहुन्छ, तर पनि, अधिकारको प्रति अधीनताको बिना, यहाँ निर कुनै आदेश अर्थात् क्रम नै हुदैन। पतिको जिम्मेवारी घरको शिर हुनको नाताले आफ्नो पत्नीलाई प्रेम गर्नु ठीक त्यस्तै नै गरी जसरी उसले आफ्नो शरीरलाई प्रेम गर्छौ,त्यस्तै गरी बलिदानात्मक तरीकाले ख्रीष्टले अफ्नो मण्डलीलाई प्रेम गर्नु हुन्छ (एफिसी 5:25-29)।

यस प्रेमले भरिएको नेतृत्वको प्रति प्रतिक्रिया स्वरूप, एउटा पत्नीलाई आफ्नो पतिजको अधिकारको अधीन हुनुमा कुनै कठिनता हुदैन (एफिसी 5:24; कलस्सी 3:18)। उसको मौलिक जिम्मेवारी आफ्नो पतिलाई प्रेम गर्ने र उसको सम्मान गर्न, बुद्धिमान र पवित्रतामा जीवन व्यतीत गर्दै, आफ्नो घरको देखभाल गर्नु (तितस 2:4-5)। स्त्रीहरुमा पुरूषहरुको अपेक्षा पालन-पोषण गर्नेको अधिक स्वभाविक गुण हुन्छ किनकी उनीहरुलाई मौलिक रूपबाट आफ्नो बच्चाको देखभाल गर्नको लागि नै सृजिएको हो।

अनुशासन र निर्देश बच्चाको पालन-पोषण गर्नको अंगभूत भाग हो। हितोपदेश 13:24 ले भन्छ, "जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।" त्यी बच्चा जो अनुशासनहीन घरमा ठुलो हुन्छन स्वयंलाई फालतू र अयोग्य समझिद छन। उनीमा दिशा-निर्देश र आत्म-संयमको कमी हुन्छ, र जस्तै जस्तै उनीहरु ठुलो हुदै जान्छन उनिहरु विद्रोही बन्छन र कि कुनै पनि अधिकार प्रति उनीहरुमा वा त थोरै वा कुनै पनि किसिमको सम्मान हुदैन, जसमा परमेश्वर पनि सम्मिलित हुनुहुन्छ। "सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ" (हितोपदेश 19:18)। ठीक त्यसै समय, अनुशासनलाई प्रेमको साथ सन्तुलित हुनु पर्छ, अन्यथा बच्चा रिसउदै, हताशा, र विद्रोही हुदै ठुलो हुन्छन (कलस्सी 3:21)। परमेश्वरले स्वीकार गर्नु हुन्छ कि अनुशासन कष्टले भरिएको हुन्छ जब यसलाई गरिन्छ (हिब्रू 12:11), तर यसलाई प्रेमले भरिएको निर्देशको साथ गरिनु पर्छ, यो उल्लेखनीय रूपमा बच्चाको लागि लाभकारी हुन्छ। "पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ" (एफिसी 6:4)।

बच्चालाई मण्डलीको परिवार र सेवकाईमा सम्मिलित गर्नु अति महत्वपूर्ण छ जब उनीहरु युवा अवस्थामा नै हुन्छन। बाइबल-मा-विश्वास गर्नेहरु मण्डलीमा निरन्तर भाग लिन्छन (एफिसी 10:25), उनीहरुलाई हेर्न दिनुहोस कि तपाईं बाइबल पढ्नु हुन्छ,र साथैमा उनीहरुको साथ यसको अध्ययन गर्नुहुन्छ। उनिहरुको साथ उनिहरुको चारै तर्फको संसारलाई जब उनीहरु हेर्छन तब त्यसको चर्चा गर्नु, र उनीहरुलाई परमेश्वरको महिमाको बारेमा प्रतिदिनको जीवन द्वारा शिक्षा दिनु। "नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ" (हितोपदेश 22:6)। एक असल माता-पिता अर्थात् अभिभावक हुनुको नाताले बच्चाको पालन-पोषण यस तरीकाले गर्नु पर्छ जसले तपाईंको नमूनाको अनुसरण प्रभुको अराधना र आज्ञापालन गर्दै गरिरहनु हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

असल माता-पिता हुनको बारेमा बाइबलले के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries