settings icon
share icon
प्रश्न

के नोआको जल प्रलय विश्वव्यापी वा स्थानीय थियो?

उत्तर


जल प्रलयसँग सम्बन्धित बाइबलको संदर्भले यो स्पष्ट गर्दछ कि यो विश्वव्यापी थियो। उत्पत्ति 7:11 भन्छ कि, "प्रलयबाट बाँच्नको निम्ति नोआ आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे।" उत्पत्ति 1:6-7 र 2:6 ले हामीलाई बताउद छ कि जल प्रलय आउनु भन्दा पहिलाको वातावरण आजको समयमा अनुभव गरिनु भन्दा धेरै भिन्नको थियो। यो र बाइबलको अन्य विवरणहरुको माथि आधारित भएर, यस तर्कलाई निकाल्नु यथाचित हुन्छ कि कुनै एउटा समयमा पृथ्वी पूर्ण रुपले पानीको एउटा छतले ढाकिएको थियो। हुन सक्छ कि यो छत कुनै प्रकारको एउटा भापको छत रहेको, वा हुन सक्छ कि छल्लाले बनेको हो, केहि सीमा सम्म शनिको बर्फवाला घेरा जस्तै निर्मित होला। यसको साथ, भूमिको तलको पानीको स्तर, भूमि माथि खोली दिनु (उत्पत्ति 2:6) परिणामस्वरूप विश्वव्यापी जल प्रलयको कारण बन्यो होला।

जल प्रलयको लागि सीमालाई प्रगट गर्नको लागि सबैभन्दा स्पष्ट वचन उत्पत्ति 7:19-23 मा पाइन्छ। पानीको सम्बन्धमा, "पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे। पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नोआ र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे।"

यस उपरोक्त संदर्भमा, हामी न केवल यस शब्द "सबै" लाई पटक-पटक दोहोरएको पाउछौ, तर हामीले साथै नै "सारा धरती भरि जति पनि ठूलो पहाड़ थिए, सबै डुबे," "जल बीस हात भन्दा माथि बढियो र पहाड़ डुबे," र "जतिको नाकमा जीवनको श्वास थियो, सबै मरे," को पाइन्छ। यो विवरणले स्पष्ट वर्णन गर्छ कि पुरै पृथ्वी विश्वव्यापी जल प्रलयले ढाकिएको थियो। यसको साथै, यदि जल प्रलय स्थानीय हुँदो हो त, किन परमेश्वरले नोआलाई जहाज बनाउनको लागि भन्नु हुन्थ्यो यसको अपेक्षा उहाँले उसलाई र पशुहरुलाई कुनै अरु स्थान तर्फ जानको भन्नु हुन्थे न र? र किन उहाँले नोआलाई यति ठूलो जहाज बनाउनको लागि निर्देश गर्नु भयो जसमा यस पृथ्वीमा रहने सबै किसिमका जनावरहरुलाई रहनेको लागि पर्याप्त मात्रामा स्थान थियो? यदि जल प्रलय विश्वव्यापी न हुँदो हो त, फेरी त्यहाँ निर जहाज बनाउनुको कुनै आवश्यकता नै थिएन।

पत्रुसले पनि 2 पत्रुस 3:6-7 मा जल प्रलयको विश्वव्यापी हुनुको वर्णन गर्छन, त्यहाँ उनीले यस्तो भन्छन, "तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।" यी वचनहरुमा पत्रुसले आउने वाला न्यायको तुलना नोआको समयमा आएको "विश्वव्यापी" जल प्रलयसँग गर्छन र भन्छन कि त्यस समयको संसार जो अस्तित्वमा थियो त्यो पानीको प्रलयले भरिएको थियो। यसको अतिरिक्त, बाइबलको धेरै लेखकहरुले विश्वव्यापी जल प्रलयको इतिहासिक हुनुको स्वीकार गर्छन (यशैया 54:9; 1 पत्रुस 3:20; 2 पत्रुस 2:5; हिब्रू 11:7)। अन्तमा, प्रभु येशु ख्रीष्टले विश्वव्यापी जल प्रलयको हुनुमा विश्वास गर्नु भयो र उहाँले यसलाई उहाँको पुन आगमनको समय यस संसारको आउने वाला नाशको प्रतीकको रूपमा लिनु भयो (मत्ती 24:37-39; लूका 17:26-27)।

यसको साथै धेरै अतिरिक्त-बाइबल आधारित प्रमाण पनि छन् जसले विश्वव्यापी महाविपत्तिको तर्फ संकेत गर्दछ जस्तै कि विश्वव्यापी जल प्रलय। प्रत्येक महाद्वीपमा विशाल मात्रामा जीवाश्महरुको कब्रिस्तान पाइएको छ र यति विशाल मात्रामा कोइलाको भण्डार पाइयो जुन शीघ्रताको साथ वनस्पतिको मात्रालाई आफ्नो तल छोपी राख्न सक्छ। समुद्रीय जीवाश्म संसारको पहाड़ शिखरहरुको चारै तर्फ पाइयो। संसारको सबै भागको संस्कृतिहरुमा कुनै न कुनै तरिकाले जल प्रलयको कहानीहरु पाइन्छ। यो सबै सत्यता र अनेक अन्य विश्वव्यापी जल प्रलयको प्रमाण हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के नोआको जल प्रलय विश्वव्यापी वा स्थानीय थियो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries