settings icon
share icon
प्रश्न

अन्य भाषाहरुमा बोल्ने वरदान के हो?

उत्तर


अन्य भाषाहरुमा बोल्ने प्रथम घटना पेन्तिकोसको दिनमा प्रेरित २:१-४ मा घटेको थियो। प्रेरितहरु बाहिर निस्के अनि भीडलाई, तिनीहरुका आफ्नै भाषामा सुसमाचार सुनाए: “अनि हामी आ-आफ्नो भाषामा परमेश्वरका महान् कार्यहरुको चर्चा तिनीहरुले गरिरहेका सुन्दैछौं” (प्रेरित २:११)। यूनानी भाषामा “अन्य भाषाहरु” को साँचो अर्थ “भाषाहरु” भन्ने हुन्छ। यसकारण, अन्य भाषाको वरदान भनेको कसैले एउटा भाषामा बोल्न सक्नु हो जुन भाषा बोल्ने समुदायको माझ सेवाकाई गर्न उसलाई त्यो प्रदान गरिएको हुन्छ। १ कोरिन्थी १२-१४ अध्यायहरुमा, पावलले चमात्कारपूर्ण वरदानहरुका विषयमा वर्णन गर्छन, यो भन्दै, “भाई हो, यदि म तिमीहरुकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरुकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरुलाई के फाइदा हुन्छ?” (१ कोरिन्थी १४:६)। प्रेरित पावलको अनुसार, र प्रेरितका पुस्तकमा अन्यभाषालाई वर्णन गरिए अनुसारको, अन्यभाषामा बोल्ने वरदान चाहिँ आफ्नै भाषामा परमेश्वरको सन्देश सुन्नेहरुका निम्ति महत्वपूर्ण हुन्छ, तर यसलाई अनुवाद गरिएन भने यो काम नलाग्ने हुन्छ।

अन्यभाषा उल्था गर्ने वरदान भएको एउटा व्यक्तिले (१ कोरिन्थी १२:३०) अन्य भाषा बोल्ने व्यक्तिले बोलिरहेको भाषा उसलाई वा उनीलाई त्यसको ज्ञान नभएतापनि उसले वा उनीले त्यो भाषा बुझ्न सक्दछ। अन्यभाषा उल्था गर्नेले अन्य भाषा बोल्नेको सन्देश सबैलाई संचार गर्नेछ, र यसरी सबैले बुझ्न सक्नेछन्। “यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्” (१ कोरिन्थी १४:१३)। पावलको निष्कर्षमा उल्था नगरिएको अन्य भाषा शक्तिशाली छ: “तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नु भन्दा त बरु आफ्नै दिमागले पाँच ओटा शब्द अरुहरुलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु” (१ कोरिन्थी १४:१९)।

के अन्य भाषाको वर्तमान आजको लागि पनि हो? १ कोरिन्थी १३:८ पदले अन्य भाषा "बन्द हुनेछन” भनी उल्लेख गर्दछ, तापनि यसले “बन्द हुनेछ” भन्ने कुरालाई १ कोरिन्थी १३:१० पदमा उल्लेख भएको “सिद्धताको” आगमन अघि अन्यभाषा बन्द हुनेछन्। केहि मानिसहरु साच्चैमा यूनानी किर्याहरुको भिन्नता जुन अगमवाणीहरु र ज्ञान “बन्द हुनेछ” र अन्य भाषाको मध्य मा यो “बितेर जानेछन” लाई “सिद्धताको” आगमन अघि अन्य भाषा “बन्द हुने” प्रमाणको रुपमा संकेत देखाउँदछ। तापनि यो सम्भव छ कि, यो खण्डमा स्पष्टरुपले भनिएको छैन। कसैले अन्य भाषामा बोल्ने कुरा चाहिँ परमेश्वरको आउँदै गरेको न्यायको चिन्ह हो भन्ने कुराको प्रमाणको रुपमा यशैया २८:११ र योएल २:२८-२९ जस्ता खण्डहरुलाई देखाउँदछन्। १ कोरिन्थी १४:२२ पदले अन्यभाषालाई “अविश्वासीहरुका निम्ति चिन्ह हो” भनी व्याख्या गर्दछ। यो तर्क अनुसार, अन्य भाषाको वरदान चाहिँ यहूदीहरुका निम्ति एउटा चेतावनी थियो किनकि तिनीहरुले ख्रीष्टलाई मसीहको रुपमा ग्रहण गर्न इन्कार गरेको कारण परमेश्वरले तिनीहरुलाई न्याय गर्दै हुनुहुन्थ्यो। यसकारण, जब परमेश्वरले साँच्चै (ई.स. ७० मा रोमी सम्राज्यद्वारा यरुशलेमलाई विनाश गरी) यहूदीहरुलाई न्याय गर्नुभयो, तब अन्य भाषा त्यसको लक्ष्य र काम सहित बन्द भयो। अर्को तिर यो हुन सक्ने कुरा हो, अन्य भाषाको प्राथमिक उद्देश्यको पूर्ण आवश्यकता ले यसको उपयोगको माग गरिएको छैन। धर्मशास्त्रले निश्चितरुपले ठोकेर अन्य भाषाकेा वरदान बन्ध भएको छ भनी भन्दैन।

यही समयमा, यदि वर्तमान मण्डलीमा अन्य भाषामा बोल्ने वरदान सक्रीय भएको भए धर्मशास्त्रको सहमतिमा प्रदर्शित भएको हुन्थ्यो। यो एउटा वास्तविक र बुझ्न सकिने भाषा हुन्थ्यो (१ कोरिन्थी १४:१०)। यो एउटा व्यक्तिले अर्को भाषा बोल्ने व्यक्तिलाई परमेश्वरको वचन संचार गर्ने माध्यम हुन्थ्यो (प्रेरित २:६-१२)। यो पावल प्रेरितद्वारा परमेश्वरले दिनुभएको आज्ञा अनुसार हुन्थ्यो, “कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्। तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस् र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्” (१ कोरिन्थी १४:२७-२८)। यो १ कोरिन्थी १४:३३ पदको अनुसार पनि छ, “किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न तर शान्तिको परमेश्वर हुनुहुन्छ।”

परमेश्वरले निश्चय पनि एउटा व्यक्तिलाई अर्को भाषा बोल्ने व्यक्तिसँग संवाद गर्न सक्षम बनाउन अन्य भाषा बोल्ने बरदान दिन सक्नुहुन्छ। पवित्र आत्मा अत्मिक वरदान बाड्नुमा सर्वशक्तिमान हुनुहुन्छ (१ कोरिन्थी १२:११)। कल्पना गर्नुहोस् त यदि मिसनरीहरु अरुको भाषा सिक्न स्कूल जान नपरेका भए र तत्कालै अरुका भाषा बोल्न सक्ने भए कति धेरै मिसनरीहरु उत्पादन हुन्थे होला। यद्यपि परमेश्वरले यस्तो गरिरहनु हुन्न। आजको समयमा अन्य भाषा त्यो रुपमा प्रकट भएको पाइदैन जसरी नयाँ करारमा भए जस्तै, तापनि यो सत्य पछि यसको अधिक उपयोग हुने थियो। धेरै बहू संख्ये विश्वासीहरु जसले अन्यभाषामा बोल्ने वरदानको अभ्यास गरेको दाबी गर्छन वास्तवमा तिनीहरुले माथि उल्लेखित धर्मशास्त्रसँगको सहमतिमा जस्तै गर्दैनन्। वास्तवमा यो तथ्यहरुले यो निष्कर्षमा पुर्याउँछ कि अन्य भाषाको वरदान बन्द भएको छ अथवा यो वर्तमान मण्डलीको निम्ति परमेश्वरको योजनामा बिरलै पाइन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

अन्य भाषाहरुमा बोल्ने वरदान के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries