settings icon
share icon
प्रश्न

के अनन्तकालको सुरक्षा बाइबलीय हो?

उत्तर


जब मानिसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्ने छन्, तिनीहरु परमेश्वरसँगको सम्बन्धभित्र ल्याइएका हुने छन् जसले तिनीहरुका अनन्तकालको सुरक्षाको प्रत्याभूति दिन्छ। यहूदा २४ ले घोषणा गर्दछ, “अब, जसले तिमीहरुलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र जसले तिमीहरुलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ।” परमेश्वरको शक्तिले विश्वासीहरुलाई पापमा फस्नदेखि बचाउँन सक्छ। हामीलाई उहाँको महिमाको उपस्थितिमा प्रस्तुत गर्नु, त्यो उहाँको इच्छाको कुरा हो, हाम्रो होइन्। हाम्रो अनन्तकालको सुरक्षा परमेश्वरद्वारा हामीलाई बचाएर राख्ने परिणाम हो, न कि हामीले आफ्नो मुक्ति आफै कायम राखेको कारणले हो।

प्रभू येशूले घोषणा गर्नु भयो, “तिनीहरुलाई म अनन्त जीवन दिन्छु, र तिनीहरु कहिल्यै नष्ट हुनेछैनन् र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजानेछैन। पिताको हातबाट कसैले तिनीहरुलाई खोसी लानेछैनन्” (यहून्ना १०:२८-२९ब)। पिता र येशू दुवैले हामीहरुलाई उहाँको हातमा मजबूतरुपले कसेर पक्रिनुभएको छ। कसले हामीलाई पिता र पुत्र येशू दुवैको पकडबाट अलग गर्न सक्छ?

एफिसी ४:३० ले हामीलाई बताउँछ कि त्यी विश्वासीहरु, “उद्धारका दिनको निम्ति तिमीहरु छाप लगाएका छौ”। यदि विश्वासीहरुसँग अनन्तकालको सुरक्षा नभएको भए, उद्धारको दिन सम्मको लागि साचोरुपले छाप लगाएको हुने थिएन्, तर केवल पाप गराई, धर्म त्याग, वा अविश्वासको दिनसम्मको निम्ति मात्र हुन्थ्यो । यहून्ना ३:१५-१६ ले हामीलाई बताउँदछ कि, जसले उहाँमाथि विश्वास गर्दछ त्यसले “अनन्त जीवन” पाउनेछ। यदि एउटा व्यक्तिलाई अनन्त जीवनको प्रतिज्ञा गरिनु पर्ने थियो, तर पछि त्यो हटाइको भए, त्यो कहिल्यै “अनन्तकाल” हुने थिएन्। यदि अनन्तकाल सुरक्षा सत्य होइन् भने, बाइबलमा भएका अनन्त जीवनका प्रतिज्ञाहरु गलत हुन्थ्यो।

अनन्तकाल सुरक्षाको निम्ति बलियो तर्क मध्य एक रोमी ८:३८-३९ मा, “किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदुतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शक्तिहरुले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभूमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।” हाम्रो अनन्तकाल सुरक्षा उहाँले जसलाई उद्धार गर्नुभएको छ तिनीहरु प्रतिको परमेश्वरको प्रेममा आधारित छ। हाम्रो अनन्तकाल सुरक्षा ख्रीष्टद्वारा किनिएको, पिताद्वारा प्रतिज्ञा गरिएको, र पवित्र आत्माद्वारा छाप लगाइएको हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के अनन्तकालको सुरक्षा बाइबलीय हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries