settings icon
share icon
प्रश्न

मैले सम्बन्धविच्छेद गरे। के मैले बाइबल अनुसार पुनर्विवाह गर्न सक्छु?

उत्तर


हामीले अक्सर यस प्रकारको प्रश्न प्राप्त गर्छौँ "कि मैले यस्तो र उस्तो कारणले सम्बन्धविच्छेद गरे। के मैले फेरि पुनर्विवाह गर्नसक्छु?" "मैले दुई पटक सम्बन्धविच्छेद गरे– पहिलो पटक मेरो जीवन साथीको व्यभिचार गर्ने कारणले, दोस्रो पटक असमानताको लागि। मैले एउटा पुरूषसँग सम्बन्ध बनाउनको लागि भेट-घाट गरि रहेको छु जसको तीन पटक सम्बन्धविच्छेद भएको छ– पहिलो पटक असमानताको कारण, दोस्रो पटक उसको तर्फ बाट व्यभिचार भएको थियो, तेस्रो पटक उनको पत्नीको तर्फ बाट व्यभिचार भएको थियो। के हामी एक अर्काको साथ विवाह गर्न सक्छौँ?" यस प्रकारको प्रश्नहरुको उत्तर दिन अत्यन्त कठिन हुन्छ किनकी बाइबलले यति धेरै गहिराईमा सम्बन्धविच्छेद पछि पुनर्विवाहको लागि भिन्न घटनाहरुको विस्तृत विवरण दिएको छैन।

जुन कुरालाई हामीले निश्चित रूपमा जान्न सक्छौँ, त्यो यो हो कि एक वैवाहिक जोडीको लागि यो परमेश्वरको योजना हो कि जब सम्म दुई जीवन साथी जीवित छन् तब सम्म स्थाई वैवाहिक सम्बन्धमा बनी रहुन (उत्पत्ति 2:24; मत्ती 19:6)। सम्बन्धविच्छेद पुनर्विवाहको लागि दिएको केवल एउटा नै विशेष छूट व्यभिचार ले दिएको हो (मत्ती 19:9), र यहाँ सम्म यसको माथि पनि विश्वासिहरुमा वाद-विवाद भई रहन्छ। एउटा अर्को संभावना त्यागी दिने हो– जब एउटा अविश्वासी जीवन साथीले एक विश्वासी जीवन साथीलाई छोडी दिन्छ (1 कोरिन्थी 7:12-15)। यद्यपि, यो संदर्भले विशेष रूपमा पुनर्विवाहलाई सम्बोधित गर्दैन, केवल वैवाहिक बन्धनमा बाध्य रूपले बनी रहनु पर्छ। यस्तो पनि थाहा हुन आएको छ कि शारीरिक, यौनिक, वा गंभीर भावनात्मक दुर्व्यवहारले पनि सम्बन्धविच्छेदको लागि पर्याप्त कारण र संभावित पुनर्विवाहको कारण हुन सक्छ। जबकि, बाइबलले यसको बारेमा विशेष रूपले शिक्षा दिदैन।

हामी यी दुई कुरा निश्चित रूपले जान्दछौं। परमेश्वरले सम्बन्धविच्छेदलाई घृणा गर्नु हुन्छ (मलाकी 2:16), र परमेश्वर दयालु र क्षमा गर्ने हुनुहुन्छ। प्रत्येक सम्बन्धविच्छेद पापको परिणाम हो, चाहे त्यो एक जीवन साथीको तर्फ बाट हो वा अर्को को तर्फ बाट नै किन नहोस। के परमेश्वरले सम्बन्धविच्छेदलाई क्षमा गर्नु हुन्छ? हो गर्नुहुन्छ, अवश्य गर्नु हुन्छ! सम्बन्धविच्छेद पनि अन्य पाप भन्दा क्षमा गर्नुलाई कम हुदैन। सबै पापहरुको क्षमा येशू ख्रीष्टमा विश्वासद्वारा उपलब्ध हुन्छ (मत्ती 26:28; एफिसी 1:7)। यदि परमेश्वरले सम्बन्धविच्छेदको पापलाई क्षमा गर्नु हुन्छ, तब यसको अर्थ यो होइन कि तपाईं पुनर्विवाह गर्नको लागि स्वतंत्र हुनुहुन्छ? यस्तो गर्नु जरुरी छैन। धेरै पटक परमेश्वर उहाँको मानिसहरुलाई एक्लै रहनको लागि बोलाउनु हुन्छ (1 कोरिन्थी 7:7-8)। एक्लै रहनुलाई एउटा श्राप वा सजायको रूपमा हेर्नु हुदैन, बरु यसलाई पूरा हृदयले परमेश्वरको सेवा गर्नको लागि एउटा अवसरको रूपमा हेर्नु पर्छ (1 कोरिन्थी 7:32-36)। जबकि, परमेश्वरको वचनले हामीलाई यो भन्छ कि, कामवासनामा जल्नु भन्दा विवाह गर्नु असल हो (1 कोरिन्थी 7:9)। शायद यो धेरै पटक सम्बन्धविच्छेदको पछि पुनर्विवाहको माथि लागू हुन्छ।

त्यसैले, के तपाईंले पुनर्विवाह गर्नु सक्नु हुन्छ वा गर्नु पर्छ? हामीले यस प्रश्नको उत्तर दिन सक्दैनौं। आखिरीमा, यसले तपाईंलाई, तपाईंको संभावित जीवन साथी, र सबै भन्दा महत्वपूर्ण परमेश्वरको मध्यको कुरा हो। हामीले केवल एउटै मात्र परामर्श तपाईंलाई दिन सक्छौँ कि तपाईं यस सम्बन्धमा परमेश्वरबाट बुद्धिको माग गर्नु कि उहाँले तपाईंसँग के चाहनुहुन्छ (याकूब 1:5)। खुला हृदयले प्रार्थना गर र ईमानदारी साथ प्रभुसँग माग कि उहाँले आफ्नो इच्छाहरुलाई तपाईंको हृदयमा दिनुभएको होस् (भजन संग्रह 37:4)। प्रभुको इच्छालाई खोजी गर्नुहोस् (हितोपदेश 3:5-6) र उहाँको मार्गदर्शनमा हिड्नु होस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले सम्बन्धविच्छेद गरे। के मैले बाइबल अनुसार पुनर्विवाह गर्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries