settings icon
share icon
प्रश्न

बाइबलले डायनासोरको विषयमा के भन्दछ? के बाइबलमा डायनासोर छन्?

उत्तर


पृथ्वीको युगौं-युग देखि इसाई समुदाय भित्र नै बाइबलमा डायनासोरहरु छन् भन्ने विषय चाहिँ एउटा वृहत चल्दैगरेको विवादको अंश हो, उत्पत्ति को सही उल्था, र हामीले हाम्रो वरिपरि पाउने ति देख्न सकिने कुराहरुको प्रमाणहरुलाई कसरी उल्था वा अर्थ लगाउने भन्ने विषयहरु हुन्। पृथ्वीको एक पुरानो युगमा विश्वास गर्नेहरुले बाइबलले डायनासोरहरुको विषयमा केहि भन्दैन भनेर मान्यता राख्छन्, किनभने, तिनीहरुका प्रतिमान अनुसार, करोडौं वर्ष पहिले अथवा यस पृथ्वीमा पहिलो मानिस आदमले पाइला टेक्नु भन्दा अघि नै डायनासोरहरु मरेर गईसकेका थिए। बाइबल लेखनेहरुले पनि जीवित डायनासोरलाई देख्न सकेनन्।

पृथ्वीका नयाँ युगमा विश्वास गर्नेहरुले बाइबलले डायनासोरको विषय उल्लेख गरेको छ भनि मान्यता राख्दछन्, यद्यपि बाइबलले “डायनासोर” शब्दको कहिल्यै प्रयोग गर्दैन। त्यसको सट्टामा, हिब्रू शब्द “तानीयेन” प्रयोग गर्दछ, जुन चाहिँ हाम्रो अंग्रेजी बाइबलहरुले अलिक फरक तरिकाले उल्था गरेका छन्। कुनै ठाउँमा यसलाई “समुन्द्रको विशाल जन्तु”, र कुनै ठाउँमा “साँप” भनेको छ। यसको अति साधारण उल्था चाहिँ “अजिङ्गर” हो। तानीयेन देख्दा एक किसिमको विशाल घस्रने जन्तु जस्तो देखिन्थ्यो। पुरानो करारमा यो जन्तुहरुका विषयमा लगभग ३० पल्टसम्म उल्लेख गरेका छन् र यो पानी र जमीन दुबै ठाउँमा पाइएको कुरा गरेका छन्।

यो विशाल घस्रने जन्तुको बिषयमा उल्लेख गर्नुको अतिरिक्त, बाइबलले एक जोडा जन्तुहरुलाई यस्तो प्रकारले वर्णन गर्दछ कि केहि बाइबल विद्य वा विद्वानहरुले लेखकहरुले डायनासोर कै विषयमा वर्णन गरेका हुन सक्छ भनी विश्वास गर्छन्। बहेमोथलाई परमेश्वरका सारा सृष्टिहरुका अति शक्तिशाली सृष्टि हो भनिएको छ, जसको पुच्छर देवदारुको रुखझैं कडा हुन्छ (अय्यूब ४०:१५-१६)। कुनै-कुनै विद्वानहरुले बहेमोथलाई हात्ती वा जल-गैंडा भनि चिनाउन कोशिश गरेका छन्। जबकि अरुले हात्ती र जल-गैंडाको निक्कै परुलो पुच्छर हुन्छ, जसलाई एक देवदारुको रुखसँग तुलना गर्न सकिदैन भनि बताएका छन्। अर्को तिर, ब्राशीओसौरस र डिप्लोडोकस जस्ता डायनासोर का विराट पुच्छरहरु थिए जसलाई एक देवदारुको रुखसँग तुलना गर्न सकिन्थ्यो।

प्रायः हरेक प्राचीन सभ्यताहरुमा कुनै न कुनै विशाल घस्रने जन्तु चित्रित गर्ने एक प्रकारको कला हुन्छन्। शिला चित्र, कलानिर्मित वस्तु र सानो माटोको मूर्ति पनि डायनासोरको सदृष्य आधुनिक चित्रण उत्तरी अमेरिकामा भेटियो। दक्षिण अमेरिकामा भएको चट्टानमा खोपेर बनाएको डिप्लोडोकस जस्ता जन्तुमा मान्छेहरु चडिरहेको चित्रहरु, र छक्क पार्ने तरिकाले, ट्राईसेराटाप्स जस्तो र पट्रोरोडेक्टल जस्तो र ट्राईरानोसौरस रैक्स जस्तो जन्तुहरुका सवारीको चित्ररण गर्द थियो। रोमन चित्र, मायानको माटो भाडा, बाबेलको शहरको पर्खालहरु, सबैले मान्छेको पर संस्कृतिक, भौगोलिकरुपले यी जन्तुहरुसँग असीमित आकर्षणको प्रमाणित गर्दछ। गंभीर विवरणहरु जस्तै मार्को पोलोको ११ मिलिओन, पशुहरु र गाडधनका दन्ते कथाहरुले पनि गवाही दिदछन्। मान्छे र डायनासोरको सह-अस्तित्वको निम्ति भएको इतिहासिक र मानव-पशु सम्बन्धी प्रमाणहरुको यथेष्ट परिमाणको अतिरिक्त त्यहाँ अन्य भौतिक प्रमाणहरु पनि छन्, जस्तै मानवको र डायनासोर दुबैको पुराना खुट्टाका पाइलाहरु उत्तरी अमेरिका र मध्ये-पश्चिम एशियामा एकै साथ पाएका थियो।

यसकारण के बाइबलमा डायनासोर छन् त? यो विषयको टुंगो लाग्न निकै गारो छ। यो यसमा निर्भर छ कि हामीले उपलब्ध प्रमाणहरुको कस्तो अर्थ लगाउँछौ र हामीले कसरी हाम्रो वरिपरिको संसारलाई दृष्टिपात गर्छौ। यदि बाइबलले साँचो उल्था गर्दछ भने, नयाँ पृथ्वीको उल्थामा विश्वास गर्दछौँ र डायनासोर र मानिस सँग-सँगै सह-अस्तित्वमा थिए भन्ने कुरालाई ग्रहण गर्दछौँ। यदि डायनासोर र मानिस सँग-सँगै सह-अस्तित्वमा थिए भन्ने, त्यो डायनासोर को के भयो? जबकि बाइबलले यो विषयमा छलफल गर्दैन, डायनासोर नाटकिय वातावरणीय परिवर्तनको संयोगको कारण जलप्रलय भन्दा केहि समय पछि मात्र मासिएका थिए, र सच्चाई यो हो कि त्यो मानिसद्वारा शिकार गरिएको तथ्य अनुसार दयाहीनरुपले लोप पार्न गयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले डायनासोरको विषयमा के भन्दछ? के बाइबलमा डायनासोर छन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries