settings icon
share icon
प्रश्न

बाइबलले दुष्टात्मा विषयमा के भन्छ?

उत्तर


दुष्टात्मा फालिएका स्वर्गदूतहरु हुन्, प्रकाश १२:९ मा उल्लेख गरे जस्तै “त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचिन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस र शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यस्का दूतहरु त्यस्का साथसाथै फ्याँकिए।” स्वर्गबाट शैतानको पतनलाई यशैया १४:१२-१५ र इजकिएल २८:१२-१५ मा प्रतिकात्मकरुपमा वर्णन गरिएको छ। प्रकाश १२:४ अनुसार जब शैतान झर्यो त्यसले आफूसँग एक तिहाइ दूतहरुलाई लिएका थिए भनेर संकेत गरेको जस्तो देखिन्छ। यहूदा ६ ले पाप गर्ने दूतहरुको उल्लेख गरेको छ। दुष्टात्माहरु चाहिँ फ्याँकिएका शैतानसंगै फ्याँकिएका दूतहरु हुन् जसले परमेश्वरको विरुद्धमा विद्रोह गरे भनेर बाइबलले उल्लेख गर्दछ।

केहि दुष्टात्माहरुलाई पहिले देखि नै उनीहरुको पापको कारण “अन्धकारमा, सदाकालको निम्ति बाँधिएको छन्” (यहूदा १:६)। अरुहरु चाहिँ स्वतन्त्र भइ घुम फिर गर्न र यिनीहरुलाई “संसारको अन्धकारको अधिकारी... दुष्टताको आत्मिकी सेनाहरु जो आकाशमा छन्” भनि एफिसी ६:१२ (कलस्सी २:१५ मा मिलाएर हेर्नुहोस्) मा संकेत गर्दछ। दुष्टात्माले अहिले पनि त्यसको अगुवा शैतानको अनुसरण गरि पवित्र स्वर्गदूतको विरुद्ध परमेश्वरको योजना र परमेश्वरको जातिलाई बाधा पुराई असफल गर्ने प्रयास गर्दछ (दानिएल १०:१३)।

आत्मिकी प्राणी भएको कारणले, दुष्टात्मासँग एउटा भौतिक शरीरमा वास गर्ने योग्यता छ। शैतनी जकड्न त्यो समयमा प्रकट हुन्छ जब एउटा व्यक्ति पूरा तरिकाले कुनै एउटा दुष्टात्माको नियन्त्रणमा रहन्छ। यो परमेश्वरको सन्तानको साथमा हुन सक्दैन किनकी पवित्र आत्मा विशावासीहरुको हृदयमा वास गर्नु हुन्छ (१ यूहन्ना ४:४)।

आफ्नो पृथ्वीको सेवकाईको अवधिमा, येशूले, थुप्रै दुष्टात्माको सामना गर्नु भयो। वास्तवमा, उनीहरु कोहीसँग ख्रीष्टको जस्तै थिएन; “जब साझं पर्यो तब तिनीहरुले उहाँकहाँ भूत लागेका धेरै जानालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरुलाई निकालनु भयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो” (मत्ती ८:१६)। येशूको दुष्टात्माहरु माथि अधिकारले धेरै प्रमाणहरु मध्य एउटा थियो कि उहाँ साच्चै नै परमेश्वरको पुत्र हुनुहुन्थो (लूका ११:२०)। ती दुष्टात्माहरु जसले येशूको सामना गरे तिनीहरुले जान्दथे कि येशू को हुनुहुन्थो, तिनीहरु उहाँसँग डाराउद थिए; “तिनीहरुले यसो भन्दै चिच्च्याए (दुष्टात्माहरुले) ‘हे परमेश्वका पुत्र तपाईंको हामीहरुसँग के को सरोकार?’ ‘हाम्रो समय नपुगी हामीलाई कष्ट दिनु तपाईं यहाँ आउनुभएको हो?’” (मत्ती ८:२९)। दुष्टात्माहरुले आफ्नो अन्त्यको बेला आएको जान्दथे जुन तिनीहरुको लागि कष्टकर थियो।

अहिले शैतान र त्यस्का दुष्ट दूतहरुले परमेश्वरलाई आराधना गर्ने र उहाँलाई पछ्याउने सबैलाई नष्ट गर्न र धोका दिन खोजिहिँडेको छ (१पत्रुस ५:८; २कोरिन्थी ११:१४-१५)। भूतहरुलाई दुष्टआत्माहरु (मत्ती १०:१), अशुद्ध आत्माहरु (मर्कूस १:२७), झुठका आत्मा (१राजा२२:२३), र शैतानका दूतहरु (प्रकाश १२:९) को रुपमा वर्णन गरिएको छ। शैतान र त्यस्का दुष्ट दूतहरुले संसारलाई धोका दिन्छ (२कोरिन्थी ४:४), झूठो शिक्षाहरु फैलौनेछ्न (१तिमोथि ४:८), ख्रीष्टियनहरुलाई आक्रामण गर्छ (२कोरिन्थी १२:७; १पत्रुस ५:८) र पवित्र दूतहरुसँग युद्ध गर्छ (प्रकाश १४:४-९)।

दुष्ट र फ्याँकिएका दूतहरु परमेश्वरका शत्रुहरु हुन्, तर तिनीहरु हारेका शत्रुहरु हुन्। ख्रीष्टले उनीहरुलाई “प्रधानताहरु र शक्तिहरुलाई नि: शस्त्र पारी ती सबै माथि क्रूसमा विजय प्राप्त गर्नु भयो, र तिनीहरुलाई खुल्ल्मखुल्ला तमाशा बनाइदिनु भयो” (कलस्सी २:१५)। जब हामी आफैलाई परमेश्वरमा सुम्पिन्छौ र दुष्टलाई इन्कार गर्छौ, हामी केहि कुरासँग डराउनु पर्दैन। “जो तिमीहरुमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ (१यूहन्ना ४:४)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले दुष्टात्मा विषयमा के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries