settings icon
share icon
प्रश्न

के एक मसीह विश्वासीले अविश्वासीको साथ प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट वा विवाह गर्न सही हुन्छ?

उत्तर


एक मसीह विश्वासीको लागि, एक गैर-मसीहको साथ प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाटहरु गर्नु बुद्धिमानी होइन, र विवाह गर्नु कुनै विकल्प होइन। दोस्रो कोरिन्थी 6:14 ले हामीलाई भन्दछ कि अविश्वासीहरुसँग एउटै "असमान जुवा" मा ननारियो। जुन चित्र दिएको छ त्यो दुईओटा असमान गोरुहरु एउटै जुवामा जोतिनु हो। भारलाई एकसाथ मिलेर उठाउने अपेक्षा, उनीहरु एक अर्काको विरूद्धमा कार्य गर्छन। जबकि यो संदर्भले विशेष रूपले विवाहलाई उल्लेख गर्दैन, तर निश्चित रूपले यसको उपयोग विवाहको माथि नै हुदछ। संदर्भमा अगाडी यो भनिएको छ कि मसीहको बलियाल (शैतान) को साथ के लगाव। एउटा विश्वासी र अविश्वासीको विवाह मध्यमा कुनै तरिका बाट पनि केहि आत्मिक लगाव हुन् सक्दैन। पावलले विश्वासीलाई यो स्मरण गराउनको लागि यो भनि रहेका छन् उनीहरु पवित्र आत्माको निवास स्थान हुन्, जो उनीहरुको हृदयमा उद्धारको लागि वास गर्दछ (2 कोरिन्थी 6:15-17)। यस कारण, उनीहरु संसारबाट अलग हुनु पर्दछ– संसारमा भएतापनि उनीहरु संसारको होइनन– र यस जीवनमा कुनै पनि सम्बन्ध –विवाहको घनिष्ठ सम्बन्ध भन्दा ठूलो महत्वपूर्ण छैन।

बाइबलले यो भन्दछ कि, "भ्रममा न पर: 'खराब संगतिले राम्रो चरित्रलाई नष्ट पर्छ" (1 कोरिन्थी 15:33)। अविश्वासीको साथमा कुनै पनि किसिमको घनिष्ठ सम्बन्ध छिट्टो बढाउनाले कुनै अरु कुरामा परिवर्तित हुन् सक्छ जुन कि मसीहको साथ आफ्नो जीवनमा रूकावटको कारण बन्न सक्छ। हामीलाई उद्धार न पाएकाहरुलाई सुसमाचार सुनाउनको लागि बोलाइएको हो, न कि उनीहरुको साथमा घनिष्ठ सम्बन्ध बनाउनको लागि। अविश्वासीहरुको साथ राम्रो मित्रताको निर्माण गर्नमा केहि गलत हुदैन, तर यो केवल त्यतिनै सम्म हुनु पर्छ जति हाम्रो लागि उचित हुन्छ। यदि तपाईं सम्बन्ध बनाउनको लागि कुनै एउटा अविश्वासीसँग भेट-घाट गरि रहनुभएको छ, तब ईमानदारीसँग तपाईंको प्राथमिकता के हुने छ, रोमांस अर्थात् प्रेमलीला वा ख्रीष्टको लागि आत्मालाई जित्ने? यदि तपाईंले एउटा अविश्वासीको साथ विवाह गर्नुभएको छ, तब तपाईंहरु दुबैले आफ्नो विवाहिक जीवनमा आत्मिक घनिष्ठताको कटाई कसरी गर्नु हुन्छ? कसरी एउटा राम्रो विवाहको निर्माण हुन सक्छ र कसरी यसलाई बनाई राख्न सकिन्छ यदि तपाईं ब्रह्माण्डको सबै महत्वपूर्ण विषय – प्रभु येशू ख्रीष्टको माथि असहमत हुनुहुन्छ?

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के एक मसीह विश्वासीले अविश्वासीको साथ प्रेम सम्बन्ध बनाउनको लागि भेट-घाट वा विवाह गर्न सही हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries