settings icon
share icon
प्रश्न

बाइबलले सृष्टिवाद बनाम विकासवादको बारेमा के भन्दछ?

उत्तर


सृष्टिवाद बनाम विकासवादको विवादको माथि एउटा वैज्ञानिक तर्कलाई प्रस्तुत गर्नु यहाँ यस प्रश्नको उत्तरको उद्देश्य होइन। किनकी सृष्टिवाद र/वा यसको विरूद्ध विकासवादको वैज्ञानिक तर्कहरुमा, हामीले जोड दिएर यो सिफारिश गर्छौं कि आन्सरर्स इन ज़िनेसिस एंड इन्स्टीटीयूट फॉर क्रिएशन रिसर्च अर्थात् उत्पत्तिमा दिएको उत्तरहरु र सृष्टिवाद अनुसंधान संस्थानको वैबसाइटमा दिएको उत्तरहरुलाई हेर्न सक्छौं। यस लेखको उद्देश्य यो विवरण दिनु होइन कि किन, बाइबल अनुसार, सृष्टिवाद बनाम विकासवाद वाद-विवादको अस्तित्वमा छ। रोमी 1:25 ले घोषणा गर्दछ कि, "ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।"

यस विवादको मुख्य तथ्य यो हो कि वैज्ञानिकहरुको विशाल बहुमत जसले विकासवादमा विश्वास गर्छन नास्तिक अज्ञेयवादी हुन। यहाँ निर कोहि यस्ता पनि छन् जुन कुनै प्रकारको ईश्ववरवादी विकासवादलाई थामेर राक्छन र केहि अन्य यस्तो छन् जो परमेश्वरको द्वैतवादी दृष्टिकोण (परमेश्वर अस्तित्वमा हुनु हुन्छ तर उहाँ यस संसारमा कार्यरत् हुनुहुन्न, र सबै प्राकृतिक प्रक्रियाको साथ निस्किएर आउदछ)। यहाँ निर कोहि यस्ता छन् जो ईमानदारी र विश्वासयोग्यताको साथ आंकडाहरुलाई देख्द्छान र तब यस निष्कर्ष सम्म पुग्छन कि विकासवाद आंकडाहरुको साथ सही तरिकाले आकारमा आउदछ। तर, यो वैज्ञानिकहरुले धेरै कम प्रतिशतमा प्रस्तुत गर्दछन जो जसले यस किसिमको विकासवादको वकालत गर्दछ। विकासवादमा विश्वास राख्नेहरु वैज्ञानिकहरुको एउटा विशाल बहुमतले यो मान्छ कि जीवन पुरै तरिकाले बिना कुनै उच्चत्तम अस्तित्वको हस्तक्षेपद्वारा विकसित भएको हो। विकासवाद आफ्नो परिभाषाको अनुरूप प्राकृतिकवादी विज्ञान हो।

यदि नास्तिकवादलाई सत्य हुनु हो, तब यहाँ निर कोई न कोई – एक सृष्टिकर्तालाई छोडेर वैकल्पिक विवरण हुनु पर्छ– कि कसरी ब्रम्हाण्ड र जीवन अस्तित्वमा आयो। जब कि विकासवादको केहि अन्य ढांचाहरुमा विश्वास चार्ल्स डार्विन भन्दा पहिले नै पाइएको हो, उनि पहिलो यस्तो व्यक्ति भए जसले विकासवादको प्रक्रियाको लागि एउटा सत्य जस्तो देखिने नमूना - प्राकृतिक चुनावलाई विकसित गरे। डार्विन एक पटक स्वयंलाई मसीह हुनेको पहिचान गर्थे तर केहि त्रासहरुको कारण जुन उनको जीवनमा घट्यो, उनले पछि मसीह विश्वास र परमेश्वरको अस्तित्वलाई त्यागी दिए। विकासवादको खोजी एउटा नास्तिकले गरेका थिए। डार्विनको लक्ष्य परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्नु थिएन, तर यो त उसको विकासवादको सिद्धान्तको धेरै परिणामहरु मध्य एक हो। विकासवादले नास्तिकवादलाई एउटा अर्को योग्यता प्रदान गरेको छ। विकासवादी वैज्ञानिक यस कुरालाई स्वीकार गर्नमा संकोच गर्छन कि उनीहरुको लक्ष्य जीवनको उद्भवको लागि वैकल्पिक विवरण दिनुको लागि हो, परिणाम स्वरूप उनीहरु नास्तिकवादलाई नींव प्रदान गर्छन, तर बाइबल अनुसार, यो बिल्कुल ठीक छ कि किन विकासवादको सिद्धान्त अस्तित्वमा छ।

बाइबलले हामीलाई भन्छ कि, "मूर्खले आफ्नो मनमा भन्यो कि, 'कोई परमेश्वर नै छैन'" (भजन संग्रह 14:1; 53:1)। बाइबलले साथैमा यो पनि घोषणा गर्छ कि मानिहरुसँग सृष्टिकर्ता परमेश्वरमा विश्वास नगर्नको लागि कुनै बहाना छैन। "परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।" (रोमी 1:20)। बाइबल अनुसार, जो कोई पनि परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्छ त्यो एउटा मूर्ख हो। तब, फेरी किन, धेरै मनिसहरु, जसमा मसीह विश्वासी पनि सम्मिलित छन, यस कुरालाई स्वीकार गर्नको इच्छा राख्छन् कि विकासवादी वैज्ञानिक विज्ञान आधारित आंकदाहरुको निष्पक्ष व्याख्याकार हो? बाइबल अनुसार, त्यी मूर्ख हुन्! मूर्खताको अर्थ बुद्धिको कमी हुनु होइन। अधिकांश विकासवादी वैज्ञानिक प्रतिभाशाली तरिकाले ज्ञानवान् छन। मूर्खता बुद्धिलाई उचित तरिकाले लागू नगर्नको योग्यताको संकेतलाई दिन्छ। हितोपदेश 1:7 ले हामीलाई यो भन्छ कि "परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।"

विकासवादी वैज्ञानिक सृष्टिवादको मजाक उड़ाउछ्न र/वा बुद्धिमानीले रचिएको रूपरेखालाई विज्ञानरहित र वैज्ञानिक जाँचहरुलाई योग्य मानिदैन। कुनै पनि कुरालाई "विज्ञान" मान्नको लागि, उनीहरु बहस गर्छन कि, यसलाई परीक्षण र जाँचको अधीन हुनुको योग्य हुनु पर्छ; यसलाई "प्राकृतिक" हुन जरूरी छ। सृष्टिवाद आफ्नो परिभाषाको अनुरूप "अलौकिक" छन। परमेश्वर र अलौकिकताको परीक्षण र जाँच गर्न सक्दैन (त्यसैले यस दलीलको कुनै अर्थ नै छैन); यस कारण सृष्टिवाद र/वा बुद्धिमानीले रचिएको रूपरेखालाई विज्ञान मानिदैन। यसमा कुनै सन्देह छैन, कि विकासवादको पनि परीक्षण वा जाँच गर्न सकिदैन, तर विकासवादिहरुको लागि यो बहसको विषय होइन। परिणामस्वरूप, सम्पूर्ण आंकडाहरू पूर्वधारणा, पूर्वअनुमानित, र पहिले नै-स्वीकार गरिएको विकासवादको सिद्धान्तलाई छलनीबाट, बिना कुनै वैकल्पिक विवरणहरुलाई ध्यानमा राखेर भइ जान्छन।

तर फेरी पनि, ब्रम्हाण्डको उद्गम र जीवनको उद्गमलाई जाँच्न वा यसको परीक्षण गर्न सकिदैन। दुवै अर्थात् सृष्टिवाद र विकासवाद उद्गमको सम्बन्धमा विश्वास-आधारित पद्धतिहरु हो। कसैलाई पनि जाँच्न सकिदैन किनकी हामी अरबौ (वा हजारौँ) वर्ष पछि ब्रम्हाण्ड वा ब्रम्हाण्डमा जीवन हुनुको कुरालाई परीक्षण गर्न सकिदैन। विकासवादी वैज्ञानिक सृष्टिवादको सिद्धान्तलाई यी कारणहरुबाट इन्कार गरिदिन्छन कि यसले उनीहरुको जबरदस्ती विकासवादको सिदान्तलाई पनि उद्गमहरुको विज्ञान आधारित विवरणहरुलाई पनि मान्न देखि इन्कार गरि दिन्छन। विकासवाद, कम से कम उद्गमहरुको सम्बन्धमा, "विज्ञान" को परिभाषामा सही आकारमा आउदैन जति कि सृष्टिवादको सिद्धान्तमा आउछ। विकासवाद नै संभवत: उद्गमहरुको केवल एक यस्तो विवरण हो जसको जाँच गर्न सकिन्छ; त्यसैले यही उद्गमहरुको केवल एउटा यस्तो सिद्धान्त हो जसलाई "विज्ञान आधारित" मान्न सकिन्छ। यो त मूर्खता हो! वैज्ञानिक जो विकासवादको वकालत गर्छन उद्गमहरुको एक सही प्रतीत हुने सिद्धान्तलाई यसको गुणहरुको आधारमा यसको ईमानदारीले जाँच गरे बिना नै यसलाई अस्वीकार गरेका छन्, किनकी यो "विज्ञान" को लागि उनीहरुको अतर्किक संकीर्ण परिभाषाको अनुरूप होइन।

यदि सृष्टिवाद सत्य हो, तब त्यहाँ निर एक सृष्टिकर्ता छ जसको प्रति हामी उत्तरदायी छौ। विकासवाद नास्तिकवादलाई योग्यता प्रदान गर्दछ। विकासवाद नास्तिकहरुलाई यस कुराको विवरण दिनको लागि आधार प्रदान गर्छ कि कसरी जीवन बिना परमेश्वरको अस्तित्वमा छ। विकासवास एक परमेश्वर हुनुको आवश्यकतालाई इन्कार गर्दछ जो कि यस ब्रम्हाण्डमा कार्यरत् छ। विकासवाद नास्तिकवादको धर्मको लागि "सृष्टिको सिद्धान्त" हो। बाइबल अनुसार, चुनाव स्पष्ट छ। हामी हाम्रो सर्वसामर्थी र सर्वज्ञानी परमेश्वरको शब्दहरुमा विश्वास गर्न सक्छौं, वा हामी हाम्रो मूर्खहरुको अतार्किक "विज्ञान आधारित" पक्षपाती विवरणहरुको माथि विश्वास गर्न सक्छौं।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले सृष्टिवाद बनाम विकासवादको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries