settings icon
share icon
प्रश्न

मण्डलीमा उपस्थित हुनु किन महत्वपूर्ण छ?

उत्तर


बाइबलले हामीलाई भन्दछ कि हामी मण्डलीमा उपस्थित हुनुपर्दछ यसले अरु विश्वासीहरुसँग हामीले परमेश्वरको आराधना गर्न सक्दछौं र हाम्रो आत्मिकी बढोत्तरीको लागि उहाँको वचनबाट सिकाइनेछौं। आरम्भिक मण्डलीले आफैलाई “प्रेरितहरूका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्ति साथ लागिरहन्थे” (प्रेरित २:४२)। हामीहरुले भक्तिको उदाहरणलाई अनुसरण गर्नुपर्दछ— र उस्तै कुराहरु गर्नु पर्दछ। त्यो समयमा, उनीहरुसँग मण्डली भवनको रुपमा कुनै निर्धारित स्थान थिएन, तर “र परमेश्वरको प्रसंशा गर्दे र सबै मानिसहरुबाट सुभेच्छा पाउदै बस्थे। उद्धार पाउनेहरुलाई प्रभुले दिन दिनै तिनीहरु संख्यामा थपिदिनुहुन्थ्यो” (प्रेरित २:२६)। जहाँ पनि भेट घट हुन्थ्यो, विश्वासीहरु अन्य विश्वासीहरुसँग संगति गर्न र परमेश्वरको वचन बाट शिक्षाद्वारा वृद्धि हुन्थे।

मण्डलीमा उपस्थित हुनु केवल एउटा “असल सुझाव” होइन; यो विश्वासीहरु को लागि परमेश्वरको इच्छा हो। हिब्रू १०:२५ ले भन्दछ हामीहरु “कति जानको संगतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एक साथ भेला हुन् नछोड़ौ— तर प्रभुको दिन नजिक आई रहेको तिमीहरुले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।” यहाँ सम्म कि आरम्भिक मण्डलीमा पनि, केहि विश्वासीहरु अरु विश्वासीहरुसँग संगति नगर्ने खराब बानीमा परेका थिए। हिब्रूको लेखक ले भन्दछन यस्तो हुनु ठीक होइन। हामीहरुलाई यस्तो उत्साहको आवश्यकता छ जसलाई मण्डलीले ल्याउदछ। र अन्य समयमा नजिक आउनलाई धेरै भन्दा धेरै मण्डलीमा उपस्थित हुनुको लागि प्रेरित गर्नु पर्दछ।

मण्डलीचाहिँ त्यस्तो स्थान हो जहाँ विश्वासीहरुले एक-अर्कालाई प्रेम गर्न सक्दछन् (१ यूहन्ना ४:१२), एक-अर्कालाई उत्साह दिन सक्दछन् (हिब्रू ३:१३), एक-अर्कालाई प्रेम र असल कार्यको लागि प्रेरणा दिन सक्दछन् (हिब्रू १०:२४), एक-अर्कालाई सेवा गर्न सक्दछन् (गलाती ५:१३), एक-अर्कालाई निर्देशन गर्न सक्दछन् (रोमी १५:१४), एक-अर्कालाई आदर गर्द सक्दछन् (रोमी १२:१०), र एक–अर्काप्रति दयालु र सहनुभूति राख्न सक्दछन् (एफिसी ४:३२)।

जब कुनै व्यक्तिले उद्धारको लागि येशू ख्रीष्टलाई विश्वास गर्दछ, त्यसलाई ख्रीष्टको शरीरको एउटा सदस्य बनाइन्छ (१ कोरिन्थी १२:२७)। एउटा मण्डलीको शरीरले असलरुपमा कार्य गर्नको लागि, यसको सबै “शरीरका भागहरु” उपस्थित हुन र यसले काम गर्न जरुरी हुँदछ (१ कोरिन्थी १२:१४-२०)। मण्डलीमा उपस्थित हुनु मात्र पर्याप्त छैन; हामीहरु परमेश्वरले दिएको आफ्नो आत्मिकी वरदानलाई प्रयोग गरि कुनै सवाकईमा सम्मिलित हुनु पर्दछ (एफिसी ४:११-१३)। विश्वासीहरुको सहायता र उत्साह बिना कुनै विश्वासी पूर्ण आत्मिकी परिपक्कतामा कहिले पनि पुग्नेछैन (१ कोरिन्थी १२:२१-२६)।

यस्ता कारणहरुका लागि, मण्डलीमा उपस्थित, सहभागिता जनाउनु र संगतिचाहिँ एउटा विश्वासीको जीवनमा नियमित पक्ष हुनुपर्दछ। साप्ताहिकरुपले मण्डली जानु विश्वासीहरुका लागि कुनै पनि अर्थमा “जरुरी” पर्दैन, तर ख्रीष्टलाई प्रेम गर्ने व्यक्तिमा परमेश्वरको आराधना गर्न, उहाँको वचनलाई ग्रहण गर्न अनि अरु विश्वासीहरुसंग संगति गर्न एउटा चाहना हुनु पर्दछ।

येशू मण्डलीको कुनाको पत्थर हो (१ पत्रूस २:६), र हामीहरु “तिमीहरु पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहण योग्य आत्मिकी बलिदान चढ़ाउने पवित्र पुजारीगिरिको निम्ति जीवित पत्थरहरु झैँ आत्मिक घर बन्दैजाओ” (१ पत्रूस २:५)। परमेश्वरको “आत्मिक घर” को लागि भवन निर्माणको सामग्रीको रुपमा, हामी स्वभाविक रुपमा एक-अर्कासँग सम्बन्ध छ, र यो सम्बन्ध हरेक समयमा प्रकट हुन्छ जब मण्डली “मण्डलीमा जाँदछ”।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मण्डलीमा उपस्थित हुनु किन महत्वपूर्ण छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries