settings icon
share icon
प्रश्न

के हामीसँग दुई वा तीन भाग छ? के हामी शरीर, प्राण र आत्मा हौ - वा – शरीर, प्राण-आत्मा?

उत्तर


उत्पत्ति 1:26-27 ले संकेत दिदछ कि यस्तो केहि अलगै कुरा छ जसले मानिसलाई अन्य सारा सृष्टिबाट अलग बनाउदछ। मानिसलाई परमेश्वरको साथमा एउटा सम्बन्ध राखने इच्छाको साथमा बनाइएको थियो, र यसैकारण, परमेश्वरले हामीलाई दुबै अर्थात् भौतिक र अभौतिक अंशको साथ निर्मित गर्नुभयो। भौतिकको अर्थ स्पष्ट छ कि जो वास्तविक वा मूर्त हो: अर्थात् शारीरिक देह, हड्डिहरु, अंग आदि, र यी सबै तब सम्म अस्तित्वमा रहन्छन जब सम्म कुनै एक व्यक्ति जीवित रहन्छ। अमूर्त पक्ष त्यो हो जो अवास्तविक छ अर्थात्: प्राण, आत्मा, ज्ञान, इच्छा, विवेक आदि। यो व्यक्तिको भौतिक जीवन देखि बाहिर अस्तित्वमा छ।

सबै मानिस दुबै अर्थात् भौतिक र अभौतिक गुणको साथमा निर्मित छन्। यो स्पष्ट छ कि सबै मानिस मासु, रगत, हड्डि, अंगहरु, र कोषहरु देखि मिलेर बनेको एक शरीर हो। जब कि, यो मानव जातिको वास्तविक गुण हो जुन अक्सर वाद-विवादको विषय रहेको छ। पवित्र शास्त्र ले यसको बारेमा के भन्दछ? उत्पत्ति 2:7 ले भन्छ कि मानिस एक जिवित प्राणीको रूपमा सृजिएको थियो। गन्ती 16:22 परमेश्वरलाई "सब आत्माका परमेश्वर" भनि नाम दिदछ जुन सबै मानिसको साथमा छ। हितोपदेश 4:23 ले हामीलाई भन्छ कि, "सबै कुराभन्दा बडी, आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो," जसले यो संकेत दिदछ कि मानिसको मन इच्छा र भावनाहरुको केन्द्र हो। प्रेरित 23:1 ले भन्छ, "पावलले महासभातिर एकटक लाएर हेरे, र भने, 'भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।'" यहाँ पावलले विवेकको तर्फ संकेत दिदछ, मनको त्यो भाग जो सही वा गलत प्रति हामीलाई चेतना दिदछ। रोमी 12:2 ले भन्छ कि, "यस संसारको ढाँचा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रुपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरुले जाँच्न सक।" यो र अरु असंख्या वचनहरु, मनिसको अभौतिक भागसँग अरु पक्षहरु तर्फ संकेत गर्दछ। हामी सबै यी दुबै अर्थात् भौतिक र अभौतिक गुणहरुमा भागी छौ।

यस प्रकारले, पवित्र शास्त्र प्राण र आत्मालाई धेरै नै रूपरेखा दिएको छ। कुनै पनि तरिकाले, प्राण, आत्मा, हृदय, विवेक, र मन एक अर्कोमा सम्बन्धित रहेको छ। प्राण र आत्मा, यद्यपि निश्चित रूपमा मानिसको प्राथमिक अभौतिक पक्ष हो। तर यसमा अन्य पक्षको साथमा जोडिएको संभावना छ यो कुरालाई ध्यानमा राख्दै, के मानिस द्धिभाग (दुई भाग अर्थात् शरीर/प्राण-आत्मामा बाडिएको) छ, वा त्रिभाग (तीन भाग अर्थात् शरीर/प्राण/आत्मा बाडिएको) छ। यसको प्रति धर्मसैद्धान्तिक हुन असंभव छ। दुबै दृष्टिकोणको लागि एउटा तर्क यहाँ दिएको छ। हिब्रू 4:12 एक मुख्य वचन हो: किनकी परमेश्वरको वचन जीवित, र क्रियाशील हुन्छ: "र कुनै पनि दुईधारे तलवारभन्दा बढी धारिलो हुन्छ; र यसले प्राण र आत्मालाई, त्यसका जोर्नी-जोर्नी र हाडको गुदीसम्मलाई भाग भाग परुन्जेल वारपार छेड्ने र हृदयका विचार इच्छा जाँच्न सक्ने हुन्छ।" यो वचनले हामीलाई यस वाद-विवादको बारेमा कम से कम दुई वटा कुरालाई बताउद छ। प्राण र आत्मालाई विभाजन गर्न सकिन्छ, र प्राण र आत्माको भाग यस्तो प्रकारको छ जसलाई केवल परमेश्वरले मात्रै बुझ्न सक्नु हुन्छ। जुन कुरा प्रति हामी निश्चित छैनौ त्यसको माथि ध्यान केन्द्रित गर्ने अपेक्षा, यो उत्तम हुने छ कि हामी आफ्नो ध्यानलाई सृष्टिकर्ताको तर्फ लगाएर, जसले हामीलाई "भयभित र अद्भुत" रितिले रचिएको छ (भजन संग्रह 139:14)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के हामीसँग दुई वा तीन भाग छ? के हामी शरीर, प्राण र आत्मा हौ - वा – शरीर, प्राण-आत्मा?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries