settings icon
share icon
प्रश्न

पवित्र आत्माको विरुद्धमा निन्दा भनेको के हो?

उत्तर


“पवित्र आत्माको विरुद्धमा निन्दा” को अवधारणालाई मर्कूस ३:२२-३६ र मत्ती १२:२२-३२ मा उल्लेख गरिएको छ। निन्दा शब्दलाई साधरण रुपमा “साहससँग अनादार” परिभाषित गरिन्छ। यस शब्दलाई परमेश्वरलाई सराप्नु अथवा जानी बुझी परमेश्वरसँग सम्बन्धित कुराहरुलाई बदनाम गर्ने जस्ता पापहरुमा प्रयोग गर्न सकिन्छ। यसले परमेश्वरको साथमा केही नराम्रो कुरालाई जोड्नु, अथवा हामीले उहाँलाई केही असल कुराहरुमा श्रेय दिनुपर्ने कुराहरुलाई इन्कार गर्नु हो। यद्यपि, निन्दाको यो विषय विशेष तरीकाको एउटा अलग विषय हो, जसलाई मत्ती १२:३१ मा “पवित्र आत्माको विरुद्धमा निन्दा गर्नु” भनेर भनिन्छ। मत्ती १२:३१-३२ मा, फरिसीहरुले अस्विकार गर्ने नसकिने प्रमाणहरुलाई देखेका थिए कि पवित्र आत्माको शक्तिमा येशूले आश्चर्यकर्महरु गर्नु हुन्थ्यो तैपनि प्रभुलाई भूतको मानिस “बेलजबूलद्वारा” ग्रस्थ हुनु भएको दावी गरे (मत्ती १२:२४)। अब ध्यान दिनुहोस् मर्कूस ३:३० मा “पवित्र आत्माको विरुद्धमा निन्दा गर्नलाई” तिनीहरुले जे पनि गरे थिए यस विषयमा येशू एकदमै स्पष्ट हुनुहुन्थ्यो।

यस निन्दाले कसैले येशू ख्रीष्टलाई आत्माले भरिएको भन्नको सट्टामा दुष्ट आत्माले भरिएको भनेर दोष लगाउनुसँग सरोकर राख्दछ। फलस्वरुप, पवित्र आत्माको विरुद्धमा निन्दा गर्ने यस विशेष घटनालाई आजको समयमा दोहराउन सकिदैन। येशू ख्रीष्ट यो पृथ्वीमा हुनुहुन्न- उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। येशू ख्रीष्टले गर्नुभएको आश्चर्यकर्मलाई कसैले देख्न सक्दैन र त्यसपछि त्यो शक्तिको श्रेय चाहिँ पवित्र आत्मालाई नभएर शैतानलाई दिनछन्। उद्धार पाएका कुनै व्यक्तिको परिवर्तन जीवनको श्रेय चाहिँ भित्री वास गर्नुहुने पवित्र आत्माको प्रभावलाई दिनको सट्टा शैतानको शक्तिलाई दिइने कुरा आजको मुख्य उदाहरण हो।

आज आत्माको विरुद्धमा निन्दाचाहिँ, क्षमा नहुने पापझैं, निरन्तररुपमा गरिएको अविश्वासको अवस्था हो। अविश्वासमा मर्ने कुनै व्यक्तिको लागि क्षमा छैन। येशू ख्र्रीष्टमा विश्वास गर्न लगाउने पवित्र आत्माको प्रेरणालाई लगातार गरिएको अस्वीकार चाहिँ उहाँको विरुद्धमा क्षमा नहुने पाप हो। याद गर्नुहोस् यूहन्ना ३:१६ मा के उल्लेख गरिएको छ: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” त्यसपछि सोही अध्यायमा यस्तो पद छ: “जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ” (यूहन्ना ३:३६)। कसैको लागि क्षमा पाउन नसक्ने एउटैमात्र अवस्था चाहिँ यदि कोही तिनीहरु मध्यका होइनन जसले “उहाँमाथि विश्वास गर्नहरु” किनकि उनीहरु ति मध्य हुन् “पुत्रलाई इन्कार गर्दछ”।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

पवित्र आत्माको विरुद्धमा निन्दा भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries