settings icon
share icon
प्रश्न

येशू मर्न अघि मानिसहरुले कसरी उद्धार पाए?

उत्तर


मानिसजातिको पतनदेखि नै, उद्धारको आधार चाहिँ जहिले पनि ख्रीष्टको मृत्यु नै भएको छ। क्रूसभन्दा पहिले अथवा क्रूसदेखि संसारको इतिहासको त्यस महत्वपूर्ण घटना बिना कहिल्यै कोही पनि उद्धार पाएका छैनन्। ख्रीष्टको मृत्युले पूरानो करारका सन्तहरुका बिगतका पापहरुको र नयाँ करारका सन्तहरुका भविष्यका पापहरुको दण्डको मोल तिरिदिनुभयो।

विश्वास चाहिँ जहिले पनि उद्धारको लागि आवश्यक कुरो भएको छ। उद्धारको लागि कसैको विश्वासको उद्धेश्य सदैव परमेश्वर नै हुनुभएको छ। भजनका लेखकले यसरी लेखे: “ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्” (भजन संग्रह २:१२)। उत्पत्ति १५:६ ले हामीलाई भन्दछ कि अब्राहामले परमेश्वरलाई विश्वास गरे र त्योचाहिँ तिनलाई धार्मिकता प्रदान गर्न परमेश्वरको निम्ति पर्याप्त थियो (रोमी ४:३-८ पनि हेनुहोस्)। पूरानो करारका बलिदान चढाउने व्यवस्थाले पापलाई हटाएन, हिब्रू १०:१-१० ले स्पष्टसँग सिकाउदछ। यद्यपि यसले त्यस दिनसम्म हटायो जहिलेसम्म पापी मानिसजातिका लागि परमेश्वरको पुत्रले उहाँको रगत बगाउनुभएन।

युग देखि युगसम्म भएको परिवर्तन विश्वासीको विश्वासको सार हो। जुन कुरामा विश्वास गर्नु पर्ने थियो त्यो कुरा यो हो कि परमेश्वरको माग प्रकाशको त्यो परिमाण आधारित छ जसलाई उहाँले मानिसजातिमाथि प्रकट गर्नु भएको छ। यसलाई प्रगतिशील प्रकाश भनिन्छ। उत्पत्ति ३:१५ मा परमेश्वरले स्त्रीको वंशले शैतानमाथि विजय गर्नेछ भनेर दिएको प्रतिज्ञालाई आदमले विश्वास गरे। आदमले उहाँलाई विश्वास गरे, तिनले हव्वा भनी दिएको नाउँद्वारा प्रदर्शन भए (२० पद) र आफ्नो ग्रहणलाई संकेत परमप्रभुले तिनीहरुलाई तत्कालै छालाको लुगा लगाइदिनु भएर गर्नुभयो (२१ पद)। त्यस बिन्दुमा यी सबै कुरा आदमले जान्दथे, तर तिनले यसलाई विश्वास गरे।

उत्पत्ति १२ र १५ मा परमेश्वरले तिनलाई दिनुभएको प्रतिज्ञाहरु र नयाँ प्रकाशहरु अनुसार अब्राहामले परमेश्वरलाई विश्वास गरे। मोशाभन्दा अघि, कुनै पनि वचन लेखिएको थिएन, तर परमेश्वरले प्रकट गर्नुभएको कुराप्रति मानिसजाति उत्तरदायी थिए। पूरानो करारभरी नै, विश्वासीहरु उद्धारको लागि आए किनभने कुनैदिन परमेश्वरले तिनीहरुको पापको समस्यालाई लिनु हुने थियो भनेर तिनीहरुले विश्वास गर्थे। आज, जब हामी पछि हेर्दछौं, क्रूसमा उहाँले हाम्रा पापहरुलाई अघिबाटै लिइसक्नु भयो भन्ने विश्वास गर्दै (यूहन्ना ३:१६; हिब्रू ९:२८)।

क्रूस र पुनरुत्थानभन्दा अघि, ख्रीष्टको समयका विश्वासीहरुको उद्धार कसरी भयो? तिनीहरुले कुन कुरामाथि विश्वास गर्दथे? के तिनीहरुका पापहरुका लागि ख्रीष्ट क्रूसमा मर्नुभएको पूर्ण चित्रलाई बुझेका थिए? उहाँको सेवाकाइको अन्त्यमा “उहाँ कसरी यरुशलेम जानुपर्छ, र धर्मगुरु र मुख्य पूजाहारीहरु र शास्त्रीहरुबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरुलाई बताउन थाल्नुभयो” (मत्ती १६:२१-२२)।

यस संदेशप्रति उहाँका चेलाहरुको प्रतिक्रिया कस्तो थियो? “पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउनुभयो, ‘परमेश्वरले यसो नगरुन्, प्रभु, तपाईंमाथि यस्तो कहिले नहोस्’” (२२ पद)। पत्रुस र अरु चेलाहरुले सत्यतालाई पूर्णरुपले जान्दैन थिए, यद्यपि तिनीहरु बचाइएका थिए किनभने परमेश्वरले तिनीहरुका पापको समस्यालाई लिई दिनुहुनेथियो भनेर तिनीहरुले विश्वास गर्थे। उहाँले यसलाई कसरी पूरा गर्नुहुनेथियो भनेर तिनीहरुले आदम, अब्राहाम, मोशा अथवा दाऊदले जानेभन्दा धेरै केही पनि जान्दैनथिए, तर तिनीहरुले परमेश्वरलाई विश्वास गर्थे।

आज, ख्रीष्टको पुनरुत्थान भन्दा अघि जिउने मानिसहरु भन्दा हामीसँग धेरै प्रकाशहरु छन्; हामी पूर्ण चित्रलाई जान्दछौँ। “प्राचीनकालमा हाम्रा पिता–पूर्खाहरुसँग अगमवक्ताहरुद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। तर यी आखिरी दिनहरुमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो” (हिब्रू १:१-२)। हाम्रो उद्धार अझैपनि ख्रीष्टको मृत्युमाथि आधारित छ, हाम्रो विश्वास उद्धारको लागि अझैपनि आवश्यक कुरो हो, अनि हाम्रो विश्वासको उद्धेश्य अझैपनि परमेश्वर नै हुनुहुन्छ। आज, हाम्रोलागि, हाम्रो विश्वासको सारचाहिँ, हाम्रा पापहरुको लागि येशू ख्रीष्ट मर्नुभयो, गाडिनुभयो, र तेस्रो दिनमा बौरी उठ्नुभयो भन्ने हो (१कोरिन्थी १५:३-४)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

येशू मर्न अघि मानिसहरुले कसरी उद्धार पाए?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries