settings icon
share icon
प्रश्न

पवित्र आत्माको बप्तिस्मा भनेको के हो? ख्रीष्टियनहरुले पवित्र आत्माको बप्तिस्मा कहिले पाउँछन्?

उत्तर


पवित्र आत्माको बप्तिस्मालाई एउटा त्यस्तो काम हो भनी परिभाषित गर्न सकिन्छ कि जसद्वारा परमेश्वरको आत्माले उद्धारको क्षणमा विश्वासीहरुलाई ख्रीष्टमा र अरु विश्वासीहरुको साथ ख्रीष्टको शरीरमा जोडी राख्दछ। पवित्र आत्माको बप्तिस्मालाई यूहन्ना (मर्कूस १:८) मा भविष्यवाणी गरेको थिए र जुन येशू ख्रीष्ट स्वर्ग जानु भन्दा पहिले: “किनभने यूहन्नाले त पानी बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिनीहरुको बप्तिस्मा हुनेछ” (प्रेरित १:५)। यो प्रतिज्ञा पेन्तिकोसको दिनमा पूरा भयो (प्रेरित २:१-४); पहिलोपटक मानिसहरु पवित्र आत्माले भरीए, र मण्डली को शुरुवात भयो।

पवित्र आत्माले बप्तिस्माको सम्बन्धमा पहिलो कोरिन्थी १२:१२-१३ बाइबलको मुख्य परिच्छेद हो: “किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फूक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो” (१कोरिन्थी १२:१३)। याद गर्नु होस् हामी “सबै” पवित्र आत्माद्वारा बप्तिस्मा पाएका छौं— सबै विश्वासीले बप्तिस्मा पाएका छन् पर्याय उद्धारसँग, र यो विशेष अनुभव केहि मानिसहरुको निम्ति मात्र होइन। जबकि रोमी ६:१-४ ले परमेश्वरको आत्मालाई विशेषरुपले उल्लेख गर्दैन, जहाँ १कोरिन्थीका परिच्छेदले भने जस्तै गरी परमेश्वर सामु विश्वासीहरुको वर्णन गरेको छ: “अब हामी के भनौँ? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? त्यसो नहोस्। हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु? के तिमीहरु जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौँ, उनकै मृत्युमा बप्तिस्मा लिएका थियौँ? यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं।”

निम्नलिखित वास्तविकताहरु आत्माको बप्तिस्मा प्रतिको हाम्रो बुझाईलाई ठोस रुप दिनको लागि सहायता गर्न आवश्यक रहेका छन्: पहिलो, सबैल बप्तिस्मा भएका छ भनेर १कोरिन्थी १२:१३ ले स्पष्ट रुपमा उल्लेख गर्दछ, जसरी सबैलाई पिउनको लागि आत्मा दिइएको थियो (भित्री वास गर्नुहुने आत्मा)। दोस्रो, विश्वासीहरुलाई आत्माद्वारा, अथवा आत्मामा, वा आत्माबाट बप्तिस्मा लिनु अथवा कुनै पनि अर्थमा पवित्र आत्माको बप्तिस्माको खोजी गर्नु भनेर धर्मशास्त्रमा कहीं पनि भनिएको छैन। यसले यो संकेत गर्दछ कि सबै विश्वासीहरुसँग अनुभव गरेका छ। तेस्रो, एफिसी ४:५ ले आत्माको बप्तिस्मालाई उल्लेख गरेको जस्तो देखिदछ। यदि त्यसो हो भने, “एउटै विश्वास” र “एउटै पिता” झैं हरेक विश्वासीहरुका लागि आत्माको बप्तिस्मा एउटा यथार्थ कुरो हो।

निष्कर्षमा, पवित्र आत्माको बप्तिस्माले दुईओटा कुराहरु गर्दछ, १) यसले हामीलाई ख्रीष्टको शरीरसँग जोड्दछ, र २) यसले ख्रीष्टसँगको हाम्रो साझा– क्रूसमा टाँग्ने वास्तविक बनाउँदछ। उहाँको शरीरमा हुनुको अर्थ हुन्छ हामी जीवनको नयाँपनमा उहाँसँग बौरी उठेका छौँ (रोमी ६:४)। त्यसपछि हामीले १कोरिन्थी १२:१३ को सन्दर्भमा उल्लेख गरिएझैं त्यस शरीरलाई ठीकसँग काम गराउनको लागि हाम्रो आत्मिकी वरदानहरुको कसरत गर्नुपर्दछ। एफिसी ४:५ को सन्दर्भमा भएझैं एउटा आत्माको बप्तिस्मालाई अनुभव गर्नु मण्डलीको एकतालाई राख्नको लागि आधार बनाउदछ। आत्माद्वरा उहाँको मृत्यु, दफन र पुनरुत्थानमा ख्रीष्टसँग सम्बन्धित भएको कुराले भित्री वास गर्ने पापको शक्तिबाट अलग रही र हाम्रो जीवनको नयाँपनमा हिडाइबाट आधार स्थापित गर्दछ (रोमी ६:१-१०; कलस्सी २:१२)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

पवित्र आत्माको बप्तिस्मा भनेको के हो? ख्रीष्टियनहरुले पवित्र आत्माको बप्तिस्मा कहिले पाउँछन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries