settings icon
share icon
प्रश्न

किन परमेश्वरले असल मानिसहरुमा खराब कुराहरु गराउन अनुमति दिनुहुन्छ?

उत्तर


यो धर्मशास्त्रमा एउटा सबैभन्दा कठीन प्रश्न हो। परमेश्वर त अनन्तको, असीम, सर्वज्ञ, सर्वव्यापी र सर्वशक्तिमान् हुनुहुन्छ। मानिसजाति (जो अनन्तको, असीम, सर्वज्ञ, सर्वव्यापी र सर्वशक्तिमान् होइन) ले परमेश्वरको तरीकालाई पूर्णरुपले बुझ्नलाई किन आशा गर्नु त? अय्यूबको पुस्तकले यस विषयसँग सरोकर राख्दछ। परमेश्वरले शैतानलाई अय्यूबलाई मार्न बाहेक त्यसले चाहेको अरु सबै कुरा तिनीसँग हुनलाई अनुमति दिनुभयो। अय्यूबको प्रतिक्रिया कस्तो थियो? “उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु” (अय्यूब १३:१५)। “....परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्” (अय्यूब १:२१)। अय्यूबले बुझेनन् कि परमेश्वरले किन यि कुरालाई हुनलाई अनुमति दिनुभयो भनेर, तर परमेश्वर भलो हुनुहुन्थ्यो भनेर तिनले जान्दथे अनि त्यसैले उहाँमाथि निरन्तर भरोसा राखे। अन्त्यमा, हाम्रो प्रतिक्रिया पनि त्यस्तै हुनुपर्दछ।

असल मानिसहरुसँग किन खराब कुराहरु हुन्छन्? बाइबलीय उत्तर हो त्यहाँ कुनै “असल” मानिसहरु छैनन्। बाइबलले स्पष्ट पार्दछ कि हामीसबै पापद्वारा दूषित र संक्रमित छौँ (उपदेशक ७:२०; रोमी ६:२३; १ यूहन्ना १:८)। “असल” मानिसहरुको अस्तित्व छ भन्ने कुरामा रोमी ३:१०-१८ स्पष्ट हुन सक्दैन: “....धर्मी कोही पनि छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरु एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन। तिनीहरुका घोक्रा खुला चिहान हुन्, तिनीहरु आफ्ना जिब्राले छलका कुरा गर्छन्। सर्पका विष तिनीहरुका ओठमा छ। तिनीहरुका मुख सराप र तीता कुराहरुले भरिएका छन्। तिनीहरुका खुट्टा रक्तपात गर्नलाई छिटा छन्। विनाश र दुर्दशा तिनीहरुको बाटोमा छन्, र शान्तिको बाटो तिनीहरुले चिनेका छैनन्। तिनीहरुका आँखाको सामने परमेश्वरको भय छैन।” यस ब्रमाहण्डमा भएका हरेक मानिसजाति यसै बेला नै नरकमा फालिन योग्यका छन । हामी जीवित रहेको हरेक क्षण केवल परमेश्वरको अनुग्रह र दयाद्वारा मात्र हो। यस ब्रमाहण्डमा हामीले अनुभव गर्नसक्ने सबैभन्दा डरलाग्दो कष्ट हामीले पाउनुपर्ने दण्डको तुलनामा कृपालु नै हुन्छ, जुन अनन्त नरकमा आगोको कुण्ड हो ।

एउटा असल प्रश्न चाहिँ यस्तो हुन सक्दछ, “परमेश्वरले खराब मानिसहरुमा असल थोकहरु हुन किन दिनुहुन्छ?” रोमी ५:८ ले यसरी घोषणा गर्दछ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” यस संसारका मानिसहरुका दुष्ट, खराब र पापमय स्वभाव वापत् पनि, परमेश्वरले हामीलाई प्रेम गरी नै रहनुहुन्छ। उहाँले हामीलाई प्रशस्त मात्रामा प्रेम गर्नु हुन्छ जसको लागि हाम्रो पापको दण्डलाई तिर्न मर्नु भयो (रोमी ६:२३)। यदि हामी येशू ख्रीष्टलाई उद्धारकर्ताको रुपमा ग्रहण गर्छौँ भने (यूहन्ना ३:१६; रोमी १०:९), हामीलाई क्षमा गरिनेछ र स्वर्गमा एउटा अनन्तको वासस्थानको प्रतिज्ञा गरिनेछ (रोमी ८:१)। हामी नरकको योग्य रहेका छौँ। यदि हामी विश्वासमा ख्रीष्टमा आउदछौँ भने हामीलाई स्वर्गमा अनन्त जीवन दिइनेछ।

हो, कहिलेकाहीं मानिसहरुमा नराम्रै कुराहरु हुँदछ जुन चाहिँ तिनीहरुमा नहुनु पर्ने जस्तो देखिदछ। तर परमेश्वरले उहाँका कारणको लागि यी कुराहरु हुन दिनुहुन्छ, चाहे हामी तिनीहरुलाई बुझौँ वा नबुझौँ। तापनि, सबैभन्दा मुख्य कुरो, हामीले परमेश्वर असल, न्यायसंगत, प्रेमिलो र कृपालु हुनुहुन्छ भन्ने कुरालाई सम्झनु पर्दछ। प्रायः जसो यी कुराहरु हामीमा हुँदछ जसलाई हामी बुझ्न सक्दैनौँ। तरैपनि, परमेश्वरको असलपनालाई शंका गर्नको सट्टा, हाम्रो प्रतिक्रिया उहाँलाई विश्वास गर्ने हुनुपर्दछ। “आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनुहुनेछ” (हितोपदेश ३:५-६)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

किन परमेश्वरले असल मानिसहरुमा खराब कुराहरु गराउन अनुमति दिनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries