settings icon
share icon
प्रश्न

मैले मेरो उद्धारको निश्चयता कसरी पाउन सक्छु? म बचाइएको छु भनेर मैले निश्चितरुपमा कसरी जान्न सक्दछु?

उत्तर


येशू ख्रीष्टलाई पछ्याउनेहरु धेरैले उद्धारको निश्चयता गलत ठाउँमा खोज्दछन्। हामीहरुले उद्धारको निश्चयता परमेश्वरले हाम्रो जीवनमा गर्नु भएको कामहरुमा खोज्दछौँ, हाम्रो आत्मिक वृद्धिमा, हाम्रो असल काम र परमेश्वरको वचनको आज्ञा पालन ख्रीष्टियन हिडाई को प्रमाण हो। जबकि यि कुराहरु उद्धारको प्रमाण हुनु सक्छन, तर यिनीहरु चाहिँ उद्धार निश्चयताको आधार होइनन। बरु, हामीहरुले उद्धारको निश्चयताको उद्देश्य परमेश्वरको वचनमा पाउनु हो। हामीहरुमा विश्वस्त भरोसा हुन् पर्दछ कि हामीहरु परमेश्वरले गर्नु भएको प्रतिज्ञा आधारित सुरक्षित छौँ, किनभने यो हाम्रो आत्मपुरक अनुभवले होइन।

तपाईं बचाइनु भएको छ कि छैन भनेर निश्चितरुपमा तपाईंले कसरी जान्न सक्नुहुन्छ? १यूहन्ना ५:११-१३ लाई विचार गर्नुहोस्: “गवाही चाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन। तिमीहरुले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरुलाई यो पत्र लेख्दैछु।” जससँग पुत्र हुनुहुन्छ उनीहरु चाहिँ को हुन्? उनीहरु चाहिँ उहाँलाई विश्वास गर्नेहरु हुन् (यूहन्ना १:१२)। यदि तपाईंसँग येशू हुनुहुन्छ भने, तपाईंसँग जीवन छ। अस्थायी होइन, तर अनन्त जीवन।

हाम्रो उद्धारप्रति हामी निश्चित हौँ भन्ने परमेश्वर चाहनुहुन्छ। हामी साँच्चै बचाइएका छौँ कि छैनौँ भनेर हरेक दिन सोच्दै र चिन्तित हुँदै हाम्रो ख्रीष्टियन जीवन जिउन सक्दैनौँ। त्यसैले बाइबलले उद्धारको कार्यक्रमलाई स्पष्ट पारिदिएको छ। येशू ख्रीष्टमा विश्वास गर्नुहोस् (यूहन्ना ३:१६; प्रेरित १६:३१)। “किनकी यदि तिमीले येशूलाई प्रभु हो भनि आफ्नो मुखले स्वीकार गर्यौं, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पर्नुभयो भनि आफ्नो हृदयमा विश्वास गर्यौं भने तिम्रो उद्धार हुने छ” (रोमी १०:९) । के तपाईंले आफ्नो पापको पश्चाताप गर्नुभयो? के तपाईं येशू उद्धारकर्ता हुनुहुन्छ र तपाईंका पापको मोल तिर्नलाई उहाँ मर्नुभयो भनेर तपाईं विश्वास गर्नुहुन्छ (रोमी ५:८; २कोरिन्थी ५:२१)? के तपाईंले उद्धारको लागि उहाँलाई मात्र विश्वास गर्नुभएको छ? यदि यि प्रश्नहरुको लागि तपाईंको उत्तर “हो” भने, तपाईं बचाइनु भएको छ! निश्चयताको अर्थ हुन्छ “कुनै शंका नरहनु।” परमेश्वरको वचनलाई हृदयमा लिएर तपाईंले आफ्नो अनन्त उद्धारको वास्तविकता र सत्यतालाई शंका भन्दा पर राख्न सक्नुहुन्छ।

उहाँमाथि विश्वास गरेकाहरुलाई येशू आफैले यस कुरालाई पुष्टि गर्नुहुन्छ: “तिनीहरुलाई म अनन्त जीवन दिन्छु, र तिनीहरु कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजानेछैन। मेरा पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरुलाई खोसी लानेछैनन्” (यूहन्ना १०:२८-२९)। अनन्त जीवन त— अनन्त हुन्छ। त्यहाँ कसैले पनि, नता तपाईं स्वयंले परमेश्वरद्वारा- दिइएको उद्धारको वरदानलाई तपाईंबाट खोसेर लान सक्दैन।

हामी परमेश्वरको वचनलाई हाम्रो हृदयहरुमा लुकाउँदछौँ ताकि हामी उहाँको विरुद्धमा पाप नगरौं (भजन ११९:११), र यसमा शंका गर्ने पाप पनि पर्दछ। परमेश्वरको वचनले तपाईंलाई भनेका कुरामा रमाहट गर्नुहोस्: ताकि शंका गर्नुको सट्टा, हामी आत्माविश्वासका साथमा जिउन सकौं! हाम्रो उद्धारलाई कहिले पनि प्रश्न गरिनेछैन भनेर ख्रीष्टको आफ्नै वचनबाट निश्चयता हामी पाउन सक्दछौँ। हाम्रो निश्चयता चाहिँ येशू ख्रीष्टद्वारा हाम्रो लागि परमेश्वरको प्रेममा आधारित छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मैले मेरो उद्धारको निश्चयता कसरी पाउन सक्छु? म बचाइएको छु भनेर मैले निश्चितरुपमा कसरी जान्न सक्दछु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries