प्रभुभोजको महत्वचाहिँ के हो ?




प्रश्न: प्रभुभोजको महत्वचाहिँ के हो ?

उत्तर:
प्रभुभोजको अध्ययनचाहिँ यसमा भएको गहन अर्थको कारण हृदयमा हलचल मचाउने खालको अनुभव हुँदछ । योचाहिँ पूरानो समयमा मनाइने निस्तार चाड थियो जसलाई येशूले आफ्नो मृत्युको ठीक अघि एउटा विशेष भोजको नयाँ संगतिको रुपमा स्थापित गनुभयो जसलाई हामी आजसम्म पालन गर्छौं । यो ख्रीष्टियन आराधनाको एउटा अभिन्न अंग हो । यसले हामीलाई प्रभुको मृत्यु र पुनरुत्थानको स्मरण गराउँदछ र भविष्यमा उहाँको महिमित आगमनको प्रतिक्षा गराउँदछ ।

निस्तार चाडचाहिँ यहूदी धार्मिक वर्षको सबैभन्दा पवित्र पर्व हुने गर्दथ्यो । यसले मिश्रमा आएको अन्तिम महामारीको स्मरण गराउँथ्यो जहिलेचाहिँ मिश्रीहरुका पहिला जन्मेकाहरु मरेका थिए र आफ्ना दैलोहरुमा छर्किएको पाठोको रगतको कारण इस्राएलीहरुलाई छोडिएको थियो । त्यसपछि पाठोलाई पोलेर खमीर नहालिएको रोटीसंग खाइएको थियो । परमेश्वरको आज्ञाचाहिँ त्यो थियो कि आउने सबै पुस्ताहरुले त्यस चाडलाई मनाउनु पर्नेथियो । यस कथालाई प्रस्थान १२ मा अभिलेख गरिएको छ ।

अन्तिम भोजको अवधिमा —जुनचाहिँ निस्तार चाडको उत्सव थियो — येशूले रोटी लिएर परमेश्वरलाई धन्यबाद दिनुभयो । जसै उहाँले रोटीलाई भाँचेर आफ्ना चेलाहरुलाई दिनुभयो, उहाँले भन्नुभयो, “तिमीहरुका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर । यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरुका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” (लूका २२:१९–२०) । एउटा भजन गाएर उहाँले भोजलाई समाप्त गर्नुभयो (मत्ती २६:३०); अनि त्यस रात उहाँहरु जैतुनको डाँडामा जानुभयो । भविष्यवाणी गरिएझैं त्यहीं नै यहूदाबाट येशूलाई धोका दिइयो । अर्को दिन उहाँलाई क्रूसमा टाँगियो ।

प्रभुभोजको विवरणहरु सुसमचारहरुमा पाइन्छ (मत्ती २६:२६–२९; मर्कूस १४:१७–२५; लूका २२:७–२२ र यूहन्ना १३:२१–३०) । प्रभुभोजको सम्बन्धमा पावल प्रेरितले १ कोरिन्थी ११:२३–२९ मा लेखेका छन् । पावलले सुसमचारहरुमा नपाइने विवरणलाई सामेल गरेका छन् : “यस कारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ । हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्” (१ कोरिन्थी ११:२७–२९) । “अयोग्य रीतिले” प्रभुभोजमा सहभागी हुनु भनेको अर्थचाहिँ के हो भनेर हामीले सोध्न सक्दछौं । यसको अर्थचाहिँ रोटी र कचौराको साँचो अर्थलाई अनादार गर्नु र हाम्रो उद्धारको लागि हाम्रा उद्धारकत्र्ताले तिर्नुभएको विशाल मूल्यलाई बिर्सनु भन्ने हुनसक्दछ । अथवा यसको अर्थ उत्सवलाई निष्क्रिय र औपचारिक संस्कार बनाउनु अथवा पश्चाताप नगरिएको पापसंग प्रभुभोजमा आउनुभन्ने पनि हुन सक्दछ । पावलको निर्देशनलाई पालन गर्दै, रोटी खान र कचौराबाट पिउन अघि हामीले आफैलाई जाँच गर्नुपर्दछ ।

सुसमचारहरुमा समावेश भनएको पावलले दिएको अर्को विवरणचाहिँ यो हो कि “किनभने जहिले–जहिले तिमीहरु यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरु प्रभुको मृत्युको घोषणा गर्दछौ” (१ कोरिन्थी ११:२६) । यसलेचाहिँ उत्सवमा हाम्रा प्रभु नआउञ्जेल भनेर एउटा समयसीमालाई तोकिदिएको छ । यस्ता स–साना विवरणहरुबाट येशूले कसरी दुईओटा तुच्छ तत्वहरुलाई उहाँको शरीर र रगतको चिह्नको रुपमा प्रयोग गर्नुभयो र तिनीहरुलाई आफ्नो मृत्युको एउटा स्मारक बन्नको लागि स्थापित गर्नुभयो भन्ने कुरा हामी सिक्दछौं । यो कुनै संगमर्मर अथवा पित्तलमा कुँदिएको स्मारक थिएन, तर यो त रोटी र दाखमद्यको स्मारक थियो ।

उहाँले रोटीलाई उहाँको शरीरको रुपमा बताउनुभयो जसलाई भाँचिनुपर्दथ्यो । त्यहाँ कुनै भाँचिएको हड्डी थिएन, तर उहाँको शरीरलाई यति नराम्रोगरि यातना दिइयो कि यसलाई चिन्न पनि मुश्किल पथ्र्यो (भजन २२:१२–१७; यशैया ५३:४–७) ।, उहाँले चाँडै नै अनुभव गर्न लाग्नुभएको दर्दानक मृत्युको संकेत गर्दै दाखमद्यलाई उहाँको रगतकोरुपमा बताइएको छ । उहाँ, परमेश्वरका सिद्ध पुत्र, एकजना उद्धारकत्र्ताको सम्बन्धमा पूरानो करारका अनगिन्ती भविष्यवाणीहरुको पूर्णता बन्नुभयो (उत्पति ३:१५; भजन २२; यशैया ५३) । जब उहाँले “मेरो सम्झनामा यो गर्ने गर” भनेर भन्नुभयो, उहाँले योचाहिँ एउटा त्यस्तो उत्सव हो जसलाई भविष्यमा पनि निरन्तरता दिइरहनु पर्दछ भनेर संकेत गर्दै हुनुहुन्थ्यो । यसले यो पनि संकेत गर्दथ्यो कि एउटा थुमाको मृत्युको आवश्यक पर्ने निस्तार चाड र संसारको पाप उठाई लैजाने परमेश्वरको थुमाको आगमनको प्रतिक्षाचाहिँ प्रभुभोजमा पूरा भएको थियो । नयाँ करारले पूरानो करारलाई बदली गरिदिए जहिलेचाहिँ निस्तार–चाडको थुमा, ख्रीष्ट (१ कोरिन्थी ५:७) लाई बलिदान दिइयो (हिब्रू ८:८–१३) । अब उसो बलिदान चढाउने आवश्यकता परेन (हिब्रू ९:२५–२८) । प्रभुभोजचाहिँ ख्रीष्टले हाम्रो निम्ति के गर्नुभयो भन्ने कुराको एउटा सम्झना र उहाँको बलिदानको परिणाम स्वरुप हामीले प्राप्त गरेका कुराको एउटा उत्सव हो ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



प्रभुभोजको महत्वचाहिँ के हो ?