settings icon
share icon
प्रश्न

के येशू आफ्नो मृत्यु र पुनरुत्थानको बीचमा नरकमा जानुभयो?

उत्तर


यस प्रश्नको सम्बन्धमा त्यहाँ एउटा ठूलो अन्यौल रहेको छ। प्रारम्भिक रुपमा यो अवधारणा चाहिँ प्रेरितहरुको सिद्धान्तबाट आउँदछ, जसले “उहाँ नरकमा जानुभयो” भनेर उल्लेख गर्दछ। त्यहाँ अरु केही वचनहरु पनि छन्, जुन यो कुरामा भर पर्दछ कि त्यस अनुछेदलाई कसरी अनुवाद गरिएको छ, येशू नरकमा जानुभएको व्याख्या गर्दछ। यस विषयको अध्ययन गराईमा, पहिले मृतकको राज्यको विषयमा बाइबलले के सिकाउँदछ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ।

हिब्रूको धर्मशास्त्रमा, मृतकहरुको राज्यको वर्णन गर्नलाई प्रयोग गरिएको शब्द हो शिओल (पाताल)। यसको साधारण अर्थ हुन्छ, “मृतकहरुको स्थान” अथवा “छुट्टिएका आत्माहरुको स्थान।” नरकको लागि प्रयोग गरिएको नयाँ करारका शिओल शब्दको उस्तै ग्रीक शब्द हो “हेडिस” (पाताल), जसले “मृतकहरुको स्थान” लाई पनि उल्लेख गर्दछ। नयाँ करारका अरु वचनहरुले संकेत गर्दछ कि शिओल/हेडिस चाहिँ एउटा अस्थायी स्थान हो, जहाँ आत्माहरुलाई राखिन्छ जसै तिनीहरुले अन्तिम पुनरुत्थान र न्यायको प्रतिक्षा गर्दछन्। प्रकाश २०:११-१५ ले हेडिस र अग्निकुण्डको बीचको भिन्नतालाई स्पष्टरुपले देखाउँदछ। अग्निकुण हराएकाहरुका लागि न्यायको स्थायी र अन्तिम स्थान हो। हेडिस, त्यसपछि एउटा अस्थायी स्थान हो। धेरै मानिसहरुले हेडिस र अग्निकुण्डलाई “नरक” बुझ्दछन् जसले अन्योल पैदा हुन्छ। येशू मृत्यु पछि पिडाको स्थान मा जानुभएन, तर उहाँ हेडिस मा जानुभयो।

शिओल/हेडिस दुईओटा विभाजनहरु एक साम्राज्य हो— आशिषको स्थान र न्यायको स्थान (मत्ती ११:२३, १६:१८; लूका १०:१५; १६:२३; प्रेरित २:२७-३१)। बचाइएका र हराएकाहरुका वासस्थानलाई समान्य रुपमा बाइबलमा “पाताल” भनिन छ। लूका १६:२६ मा उद्धार पाएकाहरुका “अब्राहामको काख” वा “अब्राहामको पक्ष” र लूका १६:४३ “स्वर्गलोक” भनिएको थियो। बचाइएका र हराएकाहरुका वासस्थानलाई एउटा “ठूलो खाडल” द्वारा छुट्टयाइएको छ (लूका १६:२६)। जब येशू मर्नु भयो, उहाँ शिओलको अशिषित पक्ष तर्फ जानुभयो, त्यहाँबाट, उहाँले स्वर्गलोकमा भएका विश्वासीहरुलाई उहाँसँगै लैजानुभयो (एफिसी ४:८-१०)। तापनि शिओल/हेडिस मा केही पनि परिवर्तन आएन। विश्वास नगर्ने सबै मृतकहरु भविष्यमा तिनीहरुका अन्तिम न्यायको पर्खाइमा त्यहाँ जान्छन्। के येशू शिओल/हेडिस मा जानुभयो? हो, एफिसी ४:८-१० र १पत्रुस ३:१८-२० अनुसार उहाँ जानुभयो।

भजन संग्रह १६:१०-११ जस्ता परिच्छेदहरुबाट केही अन्यौलता उठेका छन्, जसलाई किंग जेम्स वर्जन (के.जे.भी.) मा यसरी अनुवाद गरिएको छ, “किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोडनुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ.... तपाईंले मलाई जीवनको मार्ग बताउनुभएको छ।” “चिहान” चाहिँ यस पदको सठीक अनुवाद होइन। एउटा सठीक पाठनचाहिँ “नरक” अथवा “शिओल” हुनुपर्दथ्यो। येशूले आफ्नो छेउको चोरलाई यसरी भन्नुभयो, “आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३)। उहाँ यसो भन्नु भएन कि “म तिमीलाई नरक” भेटनेछु। येशूको शरीर चिहानमा थियो; उहाँको आत्मा/प्राण शिओल/हेडिस मा अशिषित हुन् गयो। दूर्भाग्यवस्, बाइबलका थुप्रै अनुवादहरुमा, अनुवादकहरु आफूहरुले “शिओल” र “हेडिस” अनि “नरक” को लागि हिब्रू र ग्रीक शब्दलाई कसरी अनुवाद गरेका छन् भन्ने कुराप्रति स्थिर र सठीक छैनन्।

अरु केहीहरुको दृष्टिमा यस्तो छ कि हाम्रा पापको लागि अझ दण्डित बन्नको लागि येशू “नरक” अथवा शिओल/हेडिस को कष्टमय भागपट्टि जानुभयो। यो विचारचाहिँ पूर्णरुपले गैरबाइबलीय हो। यो त हाम्रो स्थानमा येशूको क्रूसमा मृत्यु हाम्रो छुटकाराको निम्ति पर्याप्त थियो। उहाँद्वारा बगाइएको रगतले नै हामीलाई हाम्रा पापबाट शुद्ध तुल्यायो (१यूहन्ना १:७-९)। जसै उहाँ क्रूसमा झूण्डिनु भएको थियो, उहाँले सम्पूर्ण मानिसजातिका पापको भार आफैमा लिनुभयो। उहाँ हाम्रोलागि पापी बन्नुभयो: “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२कोरिन्थी ५:२१)। पापको यस लाञ्छनाले गेतसमनीको बगैंचामा पापको कचौरासँगको ख्रीष्टको संघर्षलाई बुझ्न हामीलाई मदत गर्दछ जुन चाहिँ उहाँमाथि खन्याइने थियो।

जब येशू मृत्युको नजिक पुग्नु भयो, तब यसरी कराउनुभयो, “अब सिद्धियो” (यहून्ना १९:३०)। हाम्रो स्थानमा उहाँको कष्ट पूरा भएको थियो। उहाँको प्राण/आत्मा हेडिसमा (मृत्युको स्थान) गयो। येशू “नरकमा” जानुभएन वा हेडिसमा कष्ट भोग्नु भएन। उहाँ “अब्राहमको पक्ष” वा हेडिस अशिषितको पक्ष तर्फ जानुभयो। येशूको कष्ट उहाँ मर्नुभएकै क्षणमा समाप्त भयो। पापको लागि मोल तिरिएको थियो। त्यसपछि उहाँ आफ्नो शरीरको पुनरुत्थान र स्वर्गरोहणको लागि महिमामा पुन:आगमन को प्रतिक्षामा रहनु भयो। के येशू नरकमा जानुभयो? होइन। के येशू शिओल/हेडिस जानुभयो? हो, जानुभयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के येशू आफ्नो मृत्यु र पुनरुत्थानको बीचमा नरकमा जानुभयो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries