settings icon
share icon
प्रश्न

यहोवा विटनेसस् को हुन र उनीहरुले के विश्वास गर्छन?

उत्तर


आज जुन संप्रदायलाई यहोवा विटनेसस् को नामले चिनिन्छ त्यो पेंसिल्वेनिवा मा सन् 1870 मा एक बाइबल अध्ययन कक्षामा चार्ल्स टेज़ रस्सेल द्वारा आरम्भ भयो जसले आफ्नो यस समूहको नाम "हज़ार वर्ष बिहानको बाइबल अध्ययन" राखे। चार्ल्स टी रस्सेल ले पुस्तकहरुको एउटा श्रृखंलालाई आरम्भ गरे जसलाई उनले "हजार वर्षको बिहान" भनि पुकारे जुन उनको मृत्यु भन्दा अघि छ गुना सम्म बढेको थियो र यसमा आजको समयमा यहोवा विटनेसस् मतको अनुवायीहरु द्वारा पालन गर्नेहरु अधिकत्तर धर्मविज्ञान पाइन्छ। सन् 1916 मा रस्सेलको मृत्यु पछि, न्यायधीश जे. एफ. रूदरफोर्ड, जो कि रस्सेलको मित्र र उत्तराधिकारी थिए, ले "हजार वर्षको बिहान" पुस्तक श्रृखंलाको सातौं र अन्तिम खण्डको रचना "समाप्त भएको रहस्य" नाम ले 1917 मा गरे। वॉचटावर बाइबल र ट्रेक्ट सोसाइटी सन् 1886 मा स्थापित गरिएका थिए र शीघ्र नै एउटा यस्तो माध्यम बन्यो जसद्वारा "हजार वर्षको बिहान" पुस्तकको वितरण अन्दोलनको रूपमा अन्य मानिसहरुमा आफ्नो विचारधारालाई राख्नको लागि आरम्भ भयो। यस समूहको नाम सन् 1931 सम्म "रस्सेलवादिहरु" को नाम ले चिनिन्थ्यो, तर संगठनमा विभाजन हुनु पश्चात्, यसको पुन: नामाकरण "यहोवा विटनेसस्" राखियो। जुन समूहबाट यो विभाजित भएको थियो त्यो "बाइबलको विद्यार्थी" को नाम ले चिनिन्थ्यो।

यहोवा विटनेसस् ले के मा विश्वास राख्दछ? ख्रीष्टको ईश्वरत्व, उद्धार, त्रिएकत्व, पवित्र आत्मा, र प्रयाश्चित जस्तो विषयहरु माथि उनीहरुको धर्मसिद्धान्तिक दृष्टिकोणहरुको निकट जाँच सन्देह बाट बाहिर यो देखिन छ कि उनीहरु यस विषयहरुको माथि प्रमाणिक ख्रीष्टियन दृष्टिकोणहरुलाई थामेका छैनन। यहोवा विटनेसस् ले विश्वास गर्दछ कि येशू मीकाईल प्रधानस्वर्गदूत, सबैभन्दा उच्च सृजिएको प्राणी हुन। यो पवित्र शास्त्रको धेरै वचनहरुको विरोधमा छ जसले स्पष्ट रूपले यो घोषणा गर्छ कि येशू नै परमेश्वर हुनुहुन्छ (यूहन्ना 1:1,14, 8:58, 10:30)। यहोवा विटनेसस् ले विश्वास गर्छ कि उद्धार विश्वास, असल कार्यहरु र आज्ञापालनको संयोजन द्वारा प्राप्त गर्न सकिन्छ। यो पवित्र शास्त्रको असँख्या वचनहरुको विरोधमा छ जसले यो घोषणा गर्छ कि उद्धार विश्वास द्वारा अनुग्रहबाट प्राप्त हुन्छ (यूहन्ना 3:16; एफिसी 2:8-9; तितस 3:5)। यहोवा विटनेसस् ले त्रिएकत्वलाई इन्कार गर्दै, यो विश्वास गर्छ कि येशू एउटा सृजिएको प्राणी थिए र पवित्र आत्मा आवश्यक रूपले परमेश्वरको निर्जीव सामर्थ्य हो। यहोवा विटनेसस् ले ख्रीष्टको प्रतिस्थापित प्रायश्चितको विचारधारालाई इन्कार गरिदिन्छ र यसको अपेक्षा फिरौती वा छुटकाराको सिद्धान्तलाई मान्दछ, जसको अनुसार येशूको मृत्यु आदमको पापको लागि फिरौतीको दाम थियो।

कसरी यहोवा विटनेससवादीहरु यी बाइबल विरूद्ध धर्मसिद्धान्तहरुलाई न्यायोचित ठहराउ छ्न? सर्वप्रथम, उनीहरुले यो दावा गर्छन कि मण्डलीले युगौंबाट बाइबललाई भ्रष्ट गरि दिएका छन्; यस कारण, उनीहरुले बाइबलको पुन: अनुवाद गरेका छन् जसलाई उनीहरुले न्यु वर्ल्ड अनुवाद भनि पुकार छन्। वॉचटावर बाइबल र ट्रेक्ट सोसाइटी ले बाइबलको मूलपाठमा आफ्नो झूटो धर्मसिद्धान्तहरुलाई, बाइबल जो वास्तवमा शिक्षा दिन, को माथि आधारित हुनको अपेक्षा आफ्नो धर्मसिद्धान्तहरुको माथिको आधारमा यसलाई सही आकार दिनको लागि बदलाव गरि दिए। जस्तै-जस्तै यहोवा विटनेससवादी पवित्र शास्त्रबाट धेरै भन्दा धेरै उनीहरुको धर्मसिद्धान्तहरुको विरोधाभासमा नया खोजलाई प्राप्त गर्दै जान्छन जसको परिणामस्वरूप, न्यु वर्ल्ड अनुवाद को अनगिनती संस्करण आएको छ।

वॉचटावर आफ्नो मान्यताहरु र धर्मसिद्धान्तहरुलाई मौलिक रूपले र चार्ल्स टी रस्सेल, न्यायधीश जोसेफ फ्रेंन्कलिन रूदरफोर्ड, र उनीहरुको उत्तराधिकारीहरुको शिक्षाहरुको माथि आधारित र विस्तारित गर्छन। वॉचटावर बाइबल र ट्रेक्ट सोसाइटीको कार्यकारिणी आफ्नो सम्प्रदायमा एकमात्र एक्लो यस्तो संस्था हो, जसले यो पवित्र शास्त्रलाई अनुवाद गर्ने अधिकारलाई दावा गर्छन। अर्को शब्दहरुमा, जो कुनै पनि पवित्र शास्त्रको संदर्भको विषयमा कार्यकारिणी भन्दछ, त्यसलाई अन्तिम शब्द मानिन्छ, र व्यक्तिगत् सोचलाई दृढ़ता साथ हतोत्साहित गरिन्छ। यो तिमोथी (र यसको साथ हाम्रो लागि पनि) लाई दिएको पावलको प्रत्यक्ष चेतावनीको विरोधमा हो कि स्वयंलाई परमेश्वरको ग्रहणयोग्य र यस्तो काम गर्ने प्रयत्न गर्ने हो, जो लज्जित न होस् र जो सत्यको वचनलाई ठीक रीति ले काम आओस। यो चेतावनी, 2 तिमोथी 2:15 मा पाइन्छ, परमेश्वरको तर्फ बाट उहाँको हरेक सन्तानको लागि एक स्पष्ट निर्देश हो कि उनीहरु बिरीयाको विश्वासीहरूको जस्तै बन्नु, जो पवित्र शास्त्रबाट प्रतिदिन यो देख्नको लागि खोजी गर्द थे कि जे पनि उनीहरुलाई वचन बाट सिकाएको थियो त्यो त्येही अनुसार हो वा होइन।

शायद नै यस्तो धार्मिक समूह होला जुन कि यहोवा विटनेससवादिहरु भन्दा अधिक आफ्नो सन्देशलाई प्रचार गर्नमा विश्वासयोग्य हुन्छन। दुर्भाग्य ले, उनीहरुको सन्देश विकृति, धोखा र झूटो धर्मसिद्धांतहरुले पूर्ण छ। हाम्रो प्रार्थना यो छ कि परमेश्वर यहोवा विटनेससवादिहरुको आँखालाई सत्यको सुसमाचार र परमेश्वरको वचनको साँचो शिक्षाको लागि खोलि दिनुभएको होस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

यहोवा विटनेसस् को हुन र उनीहरुले के विश्वास गर्छन?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries