पूरानो करारमा परमेश्वर किन त्यस्तो बेग्लै हुनुहुन्छ जस्तो उहाँ नयाँ करारमा हुनुहुन्छ ?




प्रश्न: पूरानो करारमा परमेश्वर किन त्यस्तो बेग्लै हुनुहुन्छ जस्तो उहाँ नयाँ करारमा हुनुहुन्छ ?

उत्तर:
यस प्रश्नको एकदमै गहिराईमा पूरानो र नयाँ करार दुवैले परमेश्वरको स्वभावको विषयमा प्रकट गरेका कुराको एउटा आधारभूत गलत बुझाई रहेको छ । यसै आधारभूत विचारलाई व्यक्त गर्ने अर्को तरीकाचाहिँ जब मानिसहरुले भन्दछन्, “पूरानो करारका परमेश्वचाहिँ क्रोधका परमेश्वर हुनुहुन्छ जबकि नयाँ करारका परमेश्वरचाहिँ प्रेमका परमेश्वर हुनुहुन्छ ।” बाइबलचाहिँ इतिहासका घटनाहरुमार्फत अनि इतिहासभरी नै मानिसहरुसंगको उहाँको सम्बन्धमार्फत आफैलाई हामीमा गर्नुभएको परमेश्वरको प्रगतिशील प्रकाशको वास्तविकताले नयाँ करारको तुलनामा पुरानो करारमा परमेश्वर कस्तो हुनुहुन्छ भन्ने गलत अवधारणालाई सहयोग गरेको हुनसक्दछ । तरैपनि, जब कसैले नयाँ र पूरानो दुवै करारलाई पढ्दछ, योचाहिँ एउटा करारबाट अर्कोमा परमेश्वर बेग्लै हुनुहुन्न अनि परमेश्वरको क्रोध र प्रेम दुवैओटा करारहरुमा प्रकट भएका छन् भन्ने प्रमाण बन्दछ ।

उदाहरणको लागि, पूरानो करारभरी नै, परमेश्वरलाई “टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढीलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ,” (प्रस्थान ३४:६; गन्ती १४:८; व्यवस्था ४:३१; नहेम्याह ९:१७; भजन ८६:५,१५; १०८:४; १४५:८; योएल २:१:र३) भनी घोषणा गरिएको छ । तरैपनि नयाँ करारमा, परमेश्वरको दया र कृपा “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) भन्ने वास्तविकता मार्फत अझ पूर्णरुपले प्रकट गरिएको छ । पूरानो करारभरी नै, हामीले परमेश्वरले इस्राएलीहरुसंग एउटा प्रेमिलो पिताले एउटा नानीसंग सम्बन्ध राखेझैं सम्बन्ध राखेको पनि देख्दछौं । जब तिनीहरुले जानी–जानीकन उहाँको विरुद्धमा पाप गरे र मूर्तिहरुलाई पुज्न शुरु गरे, परमेश्वरले तिनीहरुलाई) दण्ड दिनुभयो । तरैपनि, तिनीहरुले तिनीहरुका मूर्तिपूजादेखि पश्चाताप गरेको हरेक पटक उहाँले तिनीहरुलाई छुटकारा दिनुहुन्थ्यो । योचाहिँ नयाँ करारमा ख्रीष्टियनहरुसंग परमेश्वरले राख्नुभएको सम्बन्ध जस्तै नै हो । उदाहरणको लागि, हिब्रू १२:६ ले हामीलाई भन्दछ कि “किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।”

त्यस्तैगरी, पूरानो करारभरी परमेश्वरको क्रोध र इन्साफ पापमाथि खनिएको हामी देख्दछौं । सोहीवमोजिम, नयाँ करारमा हामी देख्दछौं कि “परमेश्वरको क्रोध अझैपनि ती मानिसहरुका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरुका अधर्मले दबाइराखेका छन्” (रोमी १:१८) देख्दछौं । यसैले, स्पष्टरुपले, परमेश्वर नयाँ करारमा भन्दा पूरानो करारमा बेग्लै हुनुहुन्न । परमेश्वर त उहाँको स्वभावैद्वारा एकसमान (नबद्लिने) हुनुहुन्छ । यद्यपि हामीले धर्मशास्त्रको कुनै परिच्छेदमा उहाँको स्वभावको एकपक्ष अरु पक्षहरुभन्दा अझ धेरै प्रकट भएको देख्दछौं नै भने पनि परमेश्वर आफै नै बदल्नुहुन्न ।

जसै हामी बाइबल पढ्छौं र अध्ययन गर्र्छा,, पूरानो र नयाँ करारमा परमेश्वर एउटै हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुँदछ । यद्यपि बाइबल ४० जना लेखकहरुद्वारा तीन महादेशहरुमा, तीन बेग्लाबेग्लै भाषाहरुमा, लगभग १५०० वर्षको एउटा अवधीमा लेखिएको ६६ ओटा अलग अलग पुस्तकहरु भए तापनि विना कुनै खण्डन यो शुरुदेखि अन्तसम्मै एउटा एकीकृत पुस्तक रहेको छ । यसमा हामी देख्दछौं कि कसरी एकजना प्रेमिलो, कृपालु अनि न्यायी परमेश्वरले हरेक अवस्थाहरुमा पापी मानिसहरुसंग सम्बन्ध राख्नुहुन्छ । बाइबलचाहिँ साँच्चै मानिसजातिहरुप्रति एउटा प्रेम पत्र नै हो । आफ्ना सृष्टिको लागि परमेश्वरको प्रेम, विशेष गरेर मानिसजातिको लागि, धर्मशास्त्रभरी नै प्रमाणित रहेको छ । बाइबलभरी नै परमेश्वरले उहाँसंगको एउटा विशेष सम्बन्धमा प्रेमिलो र कृपालु भावमा मानिसहरुलाई बोलाएको हामी देख्दछौं जुनचाहिँ तिनीहरु यसको योग्य भएर होइन, तर उहाँ अनुग्रहकारी र कृपालु परमेश्वर, प्रेम र विश्वास्ततामा प्रशस्त हुनुभएकोले गर्दा हो । तरैपनि हामी एकजना पवित्र र धर्मी परमेश्वर, जो उहाँका वचनलाई पालन नगर्ने र उहाँलाई आराधना गर्न इन्कार गर्नेहरु सबैका न्यायकत्र्ता हुनुहुन्छ, तिनीहरु आफैले बनाएका ईश्वरहरुलाई पुज्नेहरुबाट टाडा रहनु भएको देख्दछौं (रोमी १ अध्याय) ।

परमेश्वरको धर्मी र पवित्र चरित्रको कारण, विगत, वत्र्तमान र भविष्यका सबै पापको इन्साफ हुनै पर्दछ । तरैपनि आफ्नो असीम प्रेममा परमेश्वरले पापको मोल तिर्नुभएको छ अनि पुनःर्मिलापको एउटा बाटो प्रदान गर्नुभएको छ ताकि पापी मानिस उहाँको क्रोधबाट उम्कन सकोस् । यस अचम्मलाग्दो सत्यतालाई हामी १ यूहन्ना ४:१० जस्ता पदहरुमा देख्दछौं : “प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो ।” पूरानो करारमा, परमेश्वरले एउटा बलि चढाउने नियम दिनुभयो जसद्वारा पापको लागि प्रायश्चितको कार्य हुन सकोस् । तरैपनि, यस बलि चढाउने नियमचाहिँ क्षणिकमात्र थियो अनि येशू ख्रीष्ट आउनुहुने कुरालाई हेरिन्थ्यो जो पापको लागि एउटा पूर्ण प्रतिस्थापित प्रायश्चितलाई पूरा गर्न क्रूसमा मर्नुभयो । पूरानो करारमा प्रतिज्ञा गरिएका उद्धारकत्र्ता, नयाँ करारमा पूर्णरुपले प्रकट हुनुभयो । पूरानो करारमा कल्पनामात्र गरिएको, परमेश्वरको प्रेमको अन्तिम अभिव्यक्ति, उहाँको पुत्र येशू ख्रीष्टलाई पठाउने कुरा, यसका सबै महिमामा नयाँ करारमा प्रकट भयो । पूरानो र नयाँ करार दुवै मुक्तिको निम्ति हामीलाई शिक्षा दिनलाई दिइयो (२ तिमोथी ३:१५) । जब हामी दुवै करारलाई नजीकबाट हेर्दछौं, यो कुरा प्रमाणित हुँदछ कि परमेश्वर “बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १:१७) ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



पूरानो करारमा परमेश्वर किन त्यस्तो बेग्लै हुनुहुन्छ जस्तो उहाँ नयाँ करारमा हुनुहुन्छ ?