settings icon
share icon
प्रश्न

बाइबलले ख्रीष्टियनले दिने दशांशको विषयमा के भन्दछ?

उत्तर


धेरै ख्रीष्टियनहरुले संघर्ष गर्ने एउटा विषय नै दशांश दिने कुरा हो। दशांश चाहिँ इस्राएलीहरु को निम्ति एउटा नियमको रुपमा थियो जसमा उनिहरुको अनाज र पशुपालनबाट १० प्रतिशत दिनु आवश्यक थियो (लेवी २७:३०; गिन्ती १८:२६; व्यवस्था १४:२४; इतिहास ३१:५)। सत्यता यो हो कि, पुरानो करारमा केहि यस्ता दशांशको माग गरिएको छ— एउटा लेवीहरुको लागि, मन्दिर र चाडहरुका लागि, र एउटा गरीबको जमीनको लागि— जो लगभग पुरै कमायको २३.३ प्रतिशत हुनथ्यो। कसैले पुरानो करारको दशांशलाई बलिदान प्रणालीका लेवी र पूजारीहरुका खाँचोहरु पूरा गर्न दिइने करको एक तरीकाको रुपमा बुझ्दछन्।

नयाँ करारमा कहिँ पनि कानूनीरुपमा दशांश दिने प्रणाली प्रति विश्वासीहरु समर्पित हुनु पर्दछ भनी आज्ञा वा सिफारिश गरेको छैन। नयाँ करारमा केहि पनि आम्दानीको एक निश्चित प्रतिशत छुट्याउनु भनी निर्देश गरेको छैन, तर “आफ्नो कमाई अनुसार केही धन छुट्टायर” (१ कोरिन्थी १६:२) मात्र भनेको छ। इसाई मण्डलीहरुले पुरानोकरारको दशांश बाट १०% अंशलाई महत्वपूर्णरुपमा लिएर इसाईहरुको निम्ति दिने कुराको एक “सिफारिस गरिएको न्यून्तम” अंशको रुपमा लिएका छन्।

नयाँ करार दिनुको महत्व र फाईदाको विषयमा चाहिँ बताउँदछ। हामीहरुले आफ्नो योग्यता अनुसार दिनु पर्दछ। यसको अर्थ कहिले काहिँ १० प्रतिशत भन्दा बढी हो; कहिले काहिँ कम पनि। यो सबै विश्वासीको क्षमता माथि र मण्डलीको खाँचोमा भर पर्दछ। प्रत्येक विश्वासीले दशांश दिने कुरामा वा कति दिने भन्ने कुरामा सहभागी हुनु कि नहुनु भन्ने सम्बन्धमा ध्यान पूर्वक प्रार्थना गरेर परमेश्वरको बुद्धि खोज्नु पर्दछ (याकूब १:५)। सबैभन्दा माथि हरेक दशांश र भेट शुद्ध मनले र परमेश्वरको अगि आराधनाको व्यवहारले र ख्रीष्टको शरीरको (मण्डली) सेवकाईको लागि दिनु पर्दछ। “अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम दिओस, इच्छा नभई होइन, न ता करकापमा परेर, किनभने खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” (२ कोरिन्थी ९:७)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले ख्रीष्टियनले दिने दशांशको विषयमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries