settings icon
share icon
प्रश्न

ख्रीष्टियनको बप्तिस्माको महत्व के हो?

उत्तर


ख्रीष्टियनको बप्तिस्मा दुई नियमहरू मध्य एक विधि हो जसलाई येशूले मण्डलीमा स्थापना गर्नु भयो। आफ्नो स्वर्गरोहण भन्दा ठीक पहिले, येशूले भन्नुभयो “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ। हरे, म युगको अन्त्यसम्म सधैँ तिमीहरुका साथमा छु” (मत्ती २८:१९-२०)। यी निर्देशनहरूले स्पष्ट रुपमा भन्दछ कि येशूको वचन सिकाउन, चेला बनाउन, र ती चेलाहरूलाई बप्तिस्मा दिनु नै मण्डलीको जिम्मेवारी हो। यी कुराहरू सबै ठाउँमा (“सबै जातिहरु”) जब सम्म “जगतको अन्त” न आउँदा सम्म गरिनु पर्दछ। त्यसैले, कुनै अन्य कारण होइन, बप्तिस्मा एउटा अति महत्त्वपूर्ण छ किनभने येशूले यसको आज्ञा दिनु भएको हो।

बप्तिस्माको अभ्यास मण्डलीको स्थापना भन्दा पहिले नै गरीएको थियो। प्राचीन समयका यहूदीहरूले अन्य विश्वासीहरुबाट आएका मानिसहरुलाई बप्तिस्माद्वारा उनीहरुका “शुद्ध” स्वभाव हुने संकेतको रुपमा देखाउदा थिए। यूहन्ना बप्तिस्मा दिने बप्तिस्माको उपयोग न केवल अन्य जातिहरु का लागि, सबैलाई आवश्यकताको रुपमा प्रभुको बाटो तयार गर्न, सबैलाई बप्तिस्मा आवश्यकता थियो, किनभने सबैलाई पश्चात्तापको आवश्यकता थियो। यद्यपि, यूहन्ना बप्तिस्मा दिने, जसले केवल पश्तापलाई दर्शाउदछ, त्यो ख्रीष्टियन बप्तिस्मा जस्तो होइन, जस्तो प्रेरित १८:२४-२६ र १९:१-७ मा देखिन्छ। ख्रीष्टियन बप्तिस्मा गहिरो विशेषता हुन्छ।

बप्तिस्मा पिता, पुत्र र पवित्र आत्माको नाउँमा हुन्छ— यो मिलेर नै ख्रीष्टियन बप्तिस्मा बनाउदछ। यो विधानकोद्वारा एक व्यक्तिलाई मण्डलीको संगतिमा स्वीकार गरिन्छ। जब हामी बचाइन्छौँ, तब हाम्रो “बप्तिस्मा” ख्रिष्टको शरीरमा आत्माकोद्वारा हुन्छ, जुन मण्डली हो। १ कोरिन्थी १२:१३ भन्दछ, “किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।” पानीद्वारा बप्तिस्मा चाहिँ आत्माद्वारा दिएको बप्तिस्माको “पुन प्रदशन” हो।

ख्रीष्टियन बप्तिस्मा चाहिँ एउटा यस्तो माध्यम हो जसद्वारा एक व्यक्तिले विश्वास र चेलापनको सार्वजनिक रुपमा स्वीकार गर्दछ। पानी बप्तिस्मा मा, एक वक्तिले यी शब्दहरु भन्दछ, “म येशूमा आफ्नो विश्वासलाई स्वीकार गर्दछु; येशुले मेरो प्राणलाई पापबाट शुद्ध पार्नु भएको छ, र अब मसँग पवित्रता को जीवन नया जीवन छ। ख्रीष्टियन बप्तिस्माले, नाटकीय शैलीमा, ख्रीष्टको मृत्यु, गडाई, र पुनरुत्थानको चित्रण गर्दछ। त्येही समयमा, यसले पापको लागि हाम्रो मृत्यु र ख्रिष्टमा नयाँ जीवन को चित्रण गर्दछ। एउटा पापी जस्तै गरि प्रभु येशुलाई स्वीकार गरौँ, तब ऊ पापको निम्ति मर्ने छ (रोमी ६:११)। र नयाँ जीवन पाई उठ्नेछ (कलस्सी २:१२)। पानीमा डुबेको अवस्थाले पापको लागि मृत्युलाई प्रस्तुत गर्दछ, पानीबाट बाहिर निस्केर आएको अवस्थाले चाहिँ शुद्ध, पवित्र जीवनको चित्रण गर्दछ जसले उद्धारको अनुशरण गर्दछ। रोमी ६:४ ले यसरी भन्दछ, “यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गड़ियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं”।

साधारण रुपमा बप्तिस्मा एक विश्वासीको अन्तरिक जीवनमा हुने परिवर्तनको बाहिरी गवाही हो। ख्रीष्टियन बप्तिस्मा उद्धार पछिको प्रभुको आज्ञापालनको एउटा कार्य हो; यद्यपि, बप्तिस्मा उद्धारको निकै नै नजिकसँग सम्बन्धित छ, यो बचाइनेको लागि एउटा शर्त होइन, बाइबलमा यस सम्बन्धित घटनाहरु को क्रम थुप्रै स्थानहरुमा देखाइएको छ १) पहिला एउटा व्यक्ति ले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको हुनुपर्छ र २) उसको बप्तिस्मा हुन्छ। यो क्रम प्रेरित २:४१ मा देखिन्छ, “जस जसले उनको (पत्रुस) कुरा ग्रहण गरे तिनीहरुले बप्तिस्मा लिए” (प्रेरित १६:१४-१५ पद पनि हेर्नुहोस्)।

येशू ख्रीष्टमा एउटा नयाँ विश्वासीले अतिशीघ्र बप्तिस्मा लिने इच्छा प्रकट गर्नु पर्दछ। प्रेरित ८ मा फिलिपले इथोयोपियाली नपुंसकलाई “येशुको सुसमाचार सुनाए”, र जब “अनि उनीहरु बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, ‘हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा लेनदेखि केले रोक्न सक्छ?” (३५-३६ पदहरुमा)। त्यस पछि, उनीहरुले रथलाई रोके र फिलिपले त्यस व्यक्तिलाई बप्तिस्मा दिए।

बप्तिस्माले एउटा विश्वासीको परिचय येशुको मृत्यु, गडाई, र पुनरुत्थानको चित्रण गर्दछ। जहाँ कही पनि सुसमाचारको प्रचार गरिन्छ त्यहाँ मानिसहरुलाई बप्तिस्मा दिनु पर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियनको बप्तिस्माको महत्व के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries