settings icon
share icon
प्रश्न

के बाइबल आजको लागि पनि सान्दर्भिक छ?

उत्तर


हिब्रू ४:१२ ले भन्दछ : “किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुइधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी–जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।” लगभग १९०० वर्षअघि जब बाइबललाई पूरा गरियो, आजको लागि यसको शुद्धता र सान्दर्भिकतामा कुनै बदलाव आएको छैन। बाइबल चाहिँ मानिसजातिको लागि परमेश्वरले उहाँको विषयमा र उहाँको योजनाको विषयमा हामीलाई दिनुभएको सबै प्रकाशका स्रोतहरुको एउटैमात्र उद्धेश्य हो।

प्राकृतिक संसारको विषयमा बाइबलमा प्रशस्तै जानकारीहरु छन् जसलाई वैज्ञानिक अवलोकन र अनुसन्धानबाट पुष्टि गरिएको छ। यस्ता केही परिच्छेदहरुमा लेवी १७:११; उपदेशक १:६-७; अय्यूब ३६:२७-२९; भजन संग्रह १०२:२५-२७ र कलस्सी १:१६-१७ सामेल रहेका छन्। मानिसजातिका लागि परमेश्वरको उद्धारको योजनाबारे जसै बाइबलका कथाहरु प्रकट हुँदछ, थुप्रै विभिन्न चरित्रहरुलाई स्पष्टरुपले वर्णन गर्दछ। त्यस्ता विवरणहरुमा, मानव व्यवहार र झुकावहरुको विषयमा बाइबलले प्रशस्तै जानकारीहरु प्रदान गर्दछ। हाम्रो आफ्नै दिन-दिनको अनुभवले यस्ता जानकारीहरु कुनै मनोवैज्ञानिक पुस्तकहरुभन्दा मानिसको अवस्थाको अझ शुद्ध र वर्णनात्मक रहेको छ भनेर हामीलाई देखाउँदछ। बाइबलमा अभिलेख गरिएको थुप्रै एतिहासिक वास्तविकताहरुलाई बाइबल बाहिरका स्रोतहरुले प्रमाणित गरेका छन्। एतिहासिक अनुसन्धानले एउटै घटनाप्रति बाइबलीय विवरणहरु र बाइबल बाहिरका विवरणहरुमाझ प्रशस्तै सहमतिहरु देखाउँदछ।

तापनि, बाइबल एउटा इतिहासको पुस्तक, मनोविज्ञानको पुस्तक अथवा विज्ञानसम्बन्धीको पुस्तक भने होइन। बाइबल त परमेश्वरले उहाँको हुनुहुन्छ, अनि मानिसजातिको लागि उहाँका इच्छाहरु र योजनाहरुको विषयमा हामीलाई दिनुभएको विवरण हो। यस प्रकाशको सबैभन्दा महत्वपूर्ण अंश चाहिँ परमेश्वरबाट हाम्रो विभाजन र क्रूसमा उहाँको पुत्र येशू ख्रीष्टको बलिदानद्वारा संगतिको पुनस्थापितका लागि परमेश्वरको बन्दोबस्तको कथा हो। छुटकाराको लागि हाम्रो आवश्यकता परिवर्तन हुँदैन। नता हामीलाई उहाँमा मिलाप गराउने परमेश्वरको इच्छा नै परिवर्तन हुँदछ।

बाइबलमा प्रशस्तमात्रामा सठीक र सान्दर्भिक जानकारीहरु छन्। बाइबलका सबैभन्दा महत्वपूर्ण सन्देश— छुटकारा— चाहिँ मानिसजातिमा विश्वव्यापीरुपमा र निरन्तर लागु भइरहँदछ। परमेश्वरको वचन कहिले पनि पूरानो हुनेछैन, प्रतिस्थापित गरिनेछैन अथवा सुधारिनेछैन। परम्पराहरु परिवर्तन हुन्छन्, व्यवस्थाहरु परिवर्तन हुन्छन्, पुस्ताहरु आउँछन् र जान्छन्, तर परमेश्वरको वचन आज पनि त्यस्तै नै सान्दर्भिक छ जस्तो यसलाई शुरुमा लेखिदा थियो। आज आवश्यकरुपमा सबै वचनहरु त हामीमा स्पष्टरुपले लागु हुँदैन, तर सबै वचनहरुमा सत्यता रहेको हुन्छ जसलाई आज हामीले हाम्रो जीवनहरुमा लागु गर्न सक्दछौं र गर्नुपर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के बाइबल आजको लागि पनि सान्दर्भिक छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries