settings icon
share icon
प्रश्न

के बाइबलमा त्रुटीहरु, विरोधाभासहरु, वा विसंगतिहरु छन्?

उत्तर


यदि हामी त्रुटीहरु पाउनको लागि बिना कुनै पूर्वअनुमानित पूर्वाग्रहसहित बाइबल पढ्छौं भने, हामी यसलाई एउटा स्पष्ट र त्यस्तै गरी बुझ्नलाई सजिलो पुस्तकको रुपमा पाउनेछौं। हो, त्यहाँ थुप्रै कठीन परिच्छेदहरु छन् र त्यहाँ एकअर्कामा खण्डन गर्ने पदहरु पनि छन्। हामीले याद गर्न पर्दछ कि बाइबलचाहिँ एउटा १५०० वर्षको अवधीमा झण्डै ४० जना विभिन्न व्यक्तिहरुद्वारा लेखिएको थियो। हरेक लेखकले एउटा भिन्न शैलीमा, एउटा भिन्न धारणाबाट, एउटा भिन्न श्रोताहरुलाई र एउटा भिन्न उद्धेश्यको लागि लेखेका थिए। हामीहरु यसमा सा-सानो भिन्नताको आशा गर्न सक्छौ। तापनि, यो भिन्नता चाहिँ खण्डन होइन। त्यहाँ तब मात्र त्रुटी हुन् सक्छ यदि वैचारिक रुपमा कुनै नमिल्दो तरीका जसमा पद र सन्दर्भको कुनै मेल हुँदैन। अहिले नै कुनै जवाफ उपलब्ध नहोला, त्यसको अर्थ त्यहाँ उत्तर छैन भन्ने हुँदैन। धेरै मानिसहरुले बाइबलमा इतिहास र भूगोलको सम्बन्धित सम्भावित त्रुटी पाए ता पनि यो थाहा पाएका छन् कि बाइबल सही छ किनकी अगाडी र पुरात्व विज्ञानको खोजीहरुसँग प्रमाण मिली रहेको छ।

हामीले प्रायःजसो “यी पदहरु कसरी खण्डनमा छैनन् भनेर व्याख्या गर्नुहोस्” अथवा “हेर्नुहोस् त यहाँ बाइबलमा एउटा त्रुटी रहेछ!” जस्ता टिप्पणीहरु सहितको प्रश्नहरु प्राप्त गर्दछौं। हामी यो स्वीकार गर्दछौं कि, मानिसहरुले ल्याएका केही कुराहरुको जवाफ दिनलाई कठीन समेत पर्न सक्छ। तापनि, यो चाहिँ हाम्रो सन्तुष्टि हो कि बाइबलका हरेक अनुमानित खण्डन र त्रुटीहरुका लागि त्यहाँ व्यवहारिक र बौधिक रुपमा साँचो उत्तरहरु अवश्य छन्। “बाइबलका सबै त्रुटीहरु” सूचीबद्ध गरिएका पुस्तकहरु र वेभसाइटहरु पनि उपलब्ध छन्। प्रायःजसो मानिसहरुले यस्ता स्थानहरुबाट तिनीहरुका हतियारहरु प्राप्त गर्छन्, तर तिनीहरुले आफै अनुमानित त्रुटीहरु पाउँदैनन्। दूःखलाग्दो कुरोचाहिँ यो छ कि बाइबललाई आक्रमण गर्ने प्रायः जसो मानिसहरु प्रश्नको उत्तर प्रति साँच्चै इच्छुक हुँदैनन्। थुप्रै “बाइबलका आक्रमणकारीहरु” त यस्ता उत्तरहरुबाट सचेत समेत छन्, तर तिनीहरुले आफ्नै पूरानो आक्रमणमा लागिरहन्छन्।

यसैले, यदि कोही व्यक्ति बाइबललाई दोष दिँदै हामीकहाँ आउँदछ भने हामीले के गर्नुपर्दछ? १) प्रार्थनापूर्वक धर्मशास्त्रलाई अध्ययन गर्नुपर्दछ र त्यहाँ एउटा कुनै सरल समाधान छ कि भनेर हेर्नुपर्दछ। २) बाइबलका केही असल टिप्पणीहरु, “बाइबललाई रक्षा गर्ने” पुस्तकहरु र बाइबलीय शोधका वेबसाइटहरुलाई प्रयोग गर्दै केही अनुसन्धान गर्नुपर्दछ। ३) हाम्रा मण्डलीका पास्टर/अगुवाहरुले कुनै समाधान पाउन सक्छन् कि भनेर सोध्नुपर्दछ। ४) बूँदा १,२ र ३ पछि पनि यदि त्यहाँ अझै पनि कुनै स्पष्ट उत्तर आउँदैन भने, उहाँको वचन सत्य छ र केहि उपाय अवश्य छ केवल हामीहरुले त्यसलाई महसूस गर्न सकेका छैनौँ (२ तिमोथी २:१५, ३:१६-१७)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के बाइबलमा त्रुटीहरु, विरोधाभासहरु, वा विसंगतिहरु छन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries