बाइबलको क्यानोनलाई कहिले र कसरी एकैसाथमा राखियो ?




प्रश्न: बाइबलको क्यानोनलाई कहिले र कसरी एकैसाथमा राखियो ?

उत्तर:
“क्यानोन” शब्दचाहिँ त्यस्ता पुस्तकहरुलाई वर्णन गर्नको लागि प्रयोग गरिएको हो जुनहरु स्वर्गीय प्रेरणाद्वारा लेखिएका छन् अनि यसोस्ले बाइबलको हो । बाइबलीय क्यानोनलाई निर्धारण गर्नलाई आउने कठीनाइचाहिँ त्यो हो कि बाइबलकै पुस्तकहरु हुन् भन्ने सूचि बाइबलले हामीलाई दिँदैन । आखिरमा, बाइबलीय क्यानोनको पुस्तकहरु कुन–कुन हुन् भनेर निर्णय गर्ने त परमेश्वर नै हुनुहुन्छ । परमेश्वरद्वारा लेखिएको लागि प्रेरणा दिइएकै क्षणबाट धर्मशास्त्रको एउटा पुस्तक क्यानोनमा पर्दथ्यो । बाइबलमा कुन–कुन पुस्तकलाई समावेश गरिनुपर्दछ भन्ने त परमेश्वरद्वारा गरिएको उहाँका मानव अनुयायीहरुलाई विश्वस्त पार्ने एउटा विषयमात्र हो ।

नयाँ करारसंग तुलना गरिंदा, पूरानो करारको क्यानोनमा त्यहाँ एकदमै कममात्रामा विवादहरु भएको थियो । हिब्रू विश्वासीहरुले परमेश्वरका सन्देशवाहकहरुलाई चिन्दथे अनि तिनीहरुको लेखहरुलाई परमेश्वरबाटको प्रेरणाको रुपमा ग्रहण गर्दथे । पूरानो करारको सम्बन्धमा त्यहाँ इन्कार गर्न नसकिने केही वहसहरु भए तापनि, सन् २५० सम्म हिब्रू धर्मशास्त्रको क्यानोनमा त्यहाँ लगभग विश्वव्यापी सहमति भएको थियो । रहेको एउटैमात्र विषयचाहिँ आजसम्म निरन्तर भइरहेको केही वहस र छलफलसहितको अप्रमाणिक पुस्तक ९ब्उयअचथउजब० थियो । हिब्रू विद्वानहरुको ठूलो समूहले “एपोक्रिफा” लाई असल एतिहासिक र धार्मिक प्रलेखको रुपमा मानिलिएका थिए, तर हिब्रू धर्मशास्त्रकै स्तरमा भने होइन ।

नयाँ करारको लागि, पुस्तकहरुलाई चिन्ने र संग्रह गर्ने प्रक्रृया ख्रीष्टियन मण्डलीको पहिलो शताब्दीमा शुरु भयो । शुरुवाती कालमा, नयाँ करारका केही पुस्तकहरुलाई चिनिएको थियो । पावलले लूकाको पुस्तकलाई पूरानो करारजतिकै अधिकारयुक्त भनी मानिलिएका थिए (१ तिमोथी ५:१८; व्यवस्था २५:४ र लूका १०:७ लाई पनि हेर्नुहोस्) । पत्रुसले पावलका पत्रहरुलाई धर्मशास्त्रको रुपमा मान्यता दिए (२ पत्रुस ३:१५–१६) । नयाँ करारका केही पुस्तकहरुलाई मण्डलीहरुमाझ फैलाइएको थियो (कलस्सी ४:१६; १ थेसलोनिकी ५:२७) । रोमका क्लेमेन्ट ९ऋझिभलत या च्यmभ० ले कमसे कम आठओटा नयाँ करारका पुस्तकहरुलाई उल्लेख गरे (सन् ९५) । एन्टिओखियाका इग्नासस् ९क्ष्नलबतष्गक या ब्लतष्यअज० ले करीब सातओटा पुस्तकहरुलाई स्वीकृति दिए (सन् १३५) । प्रेरित यूहन्नाका चेला, पोलित्र्mयापले १५ ओटा पुस्तकहरुलाई स्वीकृति दिए (सन् १०८) । पछि गएर, इरानसले २१ ओटा पुस्तकहरुको उल्लेख गरे (सन् १८५) । हिप्पोलाइटस् ९ज्ष्उउयथितगक० ले २२ ओटा पुस्तकहरुलाई मान्यता दिए (सन् १७०–२३५) । सबैभन्दा धेरै विवादमा पर्ने नयाँ करारका पुस्तकहरुमा हिब्रू, याकूब, २ पत्रुस, २ यूहन्ना र ३ यूहन्ना थिए ।

पहिलो “क्यानोन” चाहिँ मुराटोरियन क्यानोन ९:गचबतयचष्बल ऋबलयल० थिए, जसलाई सन् १७० मा संकलन गरिएको थियो । मुराटोरियन क्यानोनमा हिब्रू, याकूब र ३ यूहन्ना बाहेक नयाँ करारका सबै पुस्तकहरु समावेश थियो । सन् ३६३ मा, लाउडिकियाका परिषद्ले उल्लेख गरे कि मण्डलीहरुमा पूरानो करार (अप्रमाणिक पुस्तकसहित) र नयाँ करारका २७ पुस्तकहरुलाई मात्र पढ्निुपर्दथ्यो । हिप्पोका परिषद् (सन् ३९३) र कारथेजको परिषद् (सन् ३९७) ले पनि प्रमाणिकरुपमा तिनै २७ पुस्तकहरुलाई नै पुष्टि गरिदिए ।

नयाँ करारका पुस्तकहरु पवित्र आत्माद्वारा साँच्चै प्रेरित भएको थियो कि थिएन भनेर निर्धारण गर्नलाई परिषद्हरुले निम्नलिखित सिद्धान्तहरुको केही मिल्दोजुल्दो कुराहरुलाई पालन गरे : १) के लेखन एकजना प्रेरित थिए त अथवा कुनै प्रेरितसंग नजीकको सम्बन्धमा थिए ? २) के पुस्तकलाई ख्रीष्टको शरीरले मुक्तरुपमा ग्रहण गरिंदछ त ? ३) के पुस्तकमा सिद्धान्तको निरन्तरता र परम्परावादी शिक्षाहरु थिए त ? ४) के पुस्तकमा पवित्र आत्माको कामलाई प्रतिविम्वित गर्ने उच्च नैतिकताको प्रमाण र आत्मिकी मुल्यहरु थियो त ? मण्डलीले क्यानोनलाई निर्धारण नगरेको कुरोचाहिँ सम्झना गर्नको लागि फेरि पनि महत्वपूर्ण छ । कुनै पनि शुरुवाती मण्डलीका परिषद्ले क्यानोनको निर्णय गरेन । बाइबलमा कुनचाहिँ पुस्तक हुनुपर्दछ भनेर निर्णय गर्ने त केवल परमेश्वरमात्र हुनुहुन्थ्यो । यो त उहाँले अघिबाटै आफ्ना चेलाहरुका लागि निर्णय गरिसक्नुभएको परमेश्वरद्वारा प्रदान गरिएको एउटा विषयमात्र थियो । बाइबलका पुस्तकहरुलाई संग्रह गर्ने मानिसको प्रक्रृया गलत थियो, तर परमेश्वरले आफ्नो सार्वभौमतामा, अनि हाम्रो अज्ञानता र हठीपना वावजूद पनि शुरुवाती मण्डलीलाई उहाँका प्रेरणाद्वारा लेखिएका पुस्तकहरुलाई स्वीकार गर्न लगाउनुभयो ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



बाइबलको क्यानोनलाई कहिले र कसरी एकैसाथमा राखियो ?